Breaking News
एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||    

तपाईंकाे आजको दिन कस्तो रहनेछ ? हेर्नुहोस् राशीफल

  •   २ वर्ष अघि | २२ मंसिर २०८१, शनिबार

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)

आज जिम्मेवारी बढ्न सक्छ। आर्थिक पक्ष सुदृढ हुनेछ। पारिवारिक सहयोगले आत्मबल बढ्नेछ। महत्त्वपूर्ण योजना अघि बढाउन अनुकूल समय छ।


वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

तपाईंको मेहनतले फल दिनेछ। नयाँ कार्य प्रारम्भ गर्न अनुकूल समय छ। स्वास्थ्यप्रति सतर्क रहनुहोला। यात्रा लाभदायक हुन सक्छ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

दैनिक कामकाजमा बाधा पुग्न सक्छ। मानसिक तनाव बढ्न सक्छ, तर परिवारको साथले मन हलुका हुनेछ। लगानीका क्षेत्रमा सफलता मिल्नेछ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज मित्र र परिवारसँग समय बिताउन पाउनु हुनेछ। सानातिना समस्यालाई बेवास्ता गर्नुहोला। व्यक्तित्व विकासमा ध्यान दिनुहोस्।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आत्मविश्वास बढ्नेछ। सामाजिक क्षेत्रमा प्रशंसा पाइनेछ। रोकिएका काम बन्नेछ। आर्थिक क्षेत्रमा सुधार हुनेछ।


कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कुनै नयाँ जिम्मेवारी आउन सक्छ। मेहनतले लक्ष्य प्राप्त गर्न सकिनेछ। नजिकका व्यक्तिको साथले आत्मबल बढ्नेछ।


तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

सञ्चार माध्यम र लेखनमा सफलता मिल्नेछ। वैदेशिक यात्राका लागि प्रयास गर्नु लाभदायक हुनेछ। स्वास्थ्यप्रति ध्यान पुर्याउनुहोस्।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

धेरै प्रयत्न गर्दा पनि इच्छाअनुसारको परिणाम नआउन सक्छ। आर्थिक लेनदेनमा सावधानी अपनाउनुहोस्। परिवारमा झिनामसिना विवाद हुन सक्छ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

कार्यस्थलमा सहकर्मीको साथ मिल्नेछ। अध्ययन र प्रतिस्पर्धामा सफलता मिल्नेछ। मित्र र आफन्तसँगको सम्बन्ध सुदृढ हुनेछ।


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

योजना र परिश्रमले मात्र सफलता मिल्नेछ। मनमा द्विविधा बढ्न सक्छ। खर्चमा नियन्त्रण गर्नुहोला।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

समय अनुकूल छ। सानातिना समस्याले मानसिक तनाव दिन सक्छ। यात्रा गर्नुपर्दा सावधानी अपनाउनुहोस्।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

अध्यात्म र धार्मिक काममा मन जानेछ। परोपकारका कार्यमा संलग्न हुन सकिनेछ। धनआर्जनका

क्षेत्रमा सफलता मिल्नेछ।


आजको दिन शुभ रहोस्!


  • Jigyasa media

थप