काठमाण्डौ।
मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
आजको दिन नयाँ कामको थालनीका लागि राम्रो छ। पुराना मित्रहरूसँग भेटघाट हुनेछ। आर्थिक लाभको सम्भावना छ तर खर्चमा पनि वृद्धि हुनेछ।
वृष (ई, उ, ए, ओ, वा, वि, वू, वे, वो)
व्यापारिक क्षेत्रमा लाभ हुनेछ। पारिवारिक जीवन सुखमय रहनेछ। आत्मविश्वासको कमी हुन सक्छ, तर धैर्य राख्नुहोस्।
मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
स्वास्थ्यमा ध्यान दिनुहोस्। मानसिक तनाव र अस्वस्थता हुनसक्छ। परिवारमा खुशीको वातावरण रहनेछ। नयाँ जिम्मेवारी आउन सक्छ।
कर्कट (ही, हू, हे, हो, डा, डि, डु, डे, डो)
आजको दिन तपाईँका लागि उत्तम हुनेछ। साथीभाइको सहयोग पाउनु हुनेछ। आर्थिक क्षेत्रमा सुधार आउनेछ।
सिंह (मा, मि, मू, मे, मो, टा, टि, टू, टे)
नयाँ काममा सफलता मिल्नेछ। समाजसेवामा रुचि बढ्नेछ। पारिवारिक जिम्मेवारी बढ्न सक्छ। स्वास्थ्यमा सुधार आउनेछ।
कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
पढाइमा प्रगति हुनेछ। नयाँ मित्रता हुनेछ। व्यापारिक लाभ मिल्नेछ। खानपानमा ध्यान दिनुहोस्।
तुला (रा, री, रू, रे, रो, ता, ती, तू, ते)
धन सम्पत्ति लाभ हुने योग छ। वैदेशिक क्षेत्रबाट लाभ मिल्नेछ। नयाँ अवसरहरू प्राप्त हुनेछन्।
वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
परिवारिक जीवन सुखमय रहनेछ। व्यापारमा फाइदा हुने योग छ। नयाँ योजनाको थालनी गर्न सक्नुहुन्छ।
धनु (ये, यो, भा, भी, भू, ध, फा, ढ, भे)
अधुरा कामहरू पुरा हुनेछन्। मनोबल उच्च रहनेछ। प्रेम सम्बन्धमा सुधार हुनेछ।
मकर (भो, ज, जी, खी, खू, खे, खो, गा, गी)
आजको दिन तपाईँका लागि मध्यम रहनेछ। अनावश्यक खर्च बढ्न सक्छ। स्वास्थ्यमा ध्यान दिनुहोस्।
कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
आजको दिन तपाईँको लागि विशेष लाभदायक हुनेछ। आत्मविश्वास बढ्नेछ। नयाँ सम्भावनाहरू खुल्नेछन्।
मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
आर्थिक पक्ष सुदृढ हुनेछ। परिवारमा सुख-शान्ति हुनेछ। नया योजना बनाउने समय छ।
यो राशिफल सामान्य जानकारीको लागि मात्र हो। तपाईँको जीवनमा हुने परिवर्तनहरू तपाईँको कर्म र परिस्थितिहरूमा भर पर्नेछन्। यहाँहरुको आजको दिन शुभ बितोस्।
- Jigyasa media