Breaking News
तराईनजिक आयो मनसुनको रेखा, आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना    ||     विलाप    ||     आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||    

तपाईंलाई आज मिल्दछ यस्तो लाभ ..! हेर्नुहोस् आजको राशिफल

मंगलबार २०८१ असोज ८ गते

  •   २ वर्ष अघि | ७ असोज २०८१, सोमवार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज घरायसी विवादले मनमा अशान्ति उत्पन्न गराउन सक्छ। यात्रामा धन खर्च हुने सम्भावना छ, तर लामो समयदेखि रोकिएका कामहरू पुनः अघि बढ्न सक्छन्।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

स्वास्थ्यमा ध्यान पुर्‍याउनु पर्नेछ। काममा सहकर्मीबाट सहयोग मिल्नेछ। आर्थिक लाभ प्राप्त हुने समय भएकाले व्यापार व्यवसायमा विशेष फाइदा हुने सम्भावना छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

धार्मिक र परोपकारका काममा रुचि बढ्नेछ। दिनभरिको परिश्रमपछि मात्रै सफलता मिल्ने देखिन्छ। साथीभाइसँगको सहयोगले नयाँ योजनामा हात हाल्न उत्साह मिल्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

प्रयत्न गर्दा रोकिएका कामहरू बन्नेछन्। आफन्तसँग भेटघाट हुने र घरपरिवारमा रमाइलो माहोल छाउनेछ। आर्थिक पक्ष सुदृढ हुनेछ, तर नयाँ लगानी गर्दा सतर्क रहनु होला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

विचारशून्य अवस्थामा निर्णय नगर्नु होला। दैनिक कामकाजमा बाधा आउने सम्भावना छ। घरायसी समस्या हल गर्न समय दिने दिन हो। आत्मबलले मात्र केही योजना सफल हुनेछन्।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

धेरै समयपछि व्यक्तिगत योजना अघि बढाउन सकिनेछ। साथीभाइको सहयोगले नयाँ काम सुरू गर्न प्रेरणा मिल्नेछ। शिक्षा र प्रतियोगितामा सफलता हात पर्ने दिन हो।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आर्थिक सुधारका अवसरहरू प्राप्त हुनेछन्। नयाँ लगानीले भविष्यमा लाभ पुर्‍याउन सक्छ। प्रेम सम्बन्धमा प्रगाढता बढ्नेछ भने वैवाहिक जीवन सुखद रहला।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आजको दिनमा पारिवारिक सहयोग मिल्नेछ। सामाजिक काममा सम्मान प्राप्त हुनेछ। पुरानो रोगले सताउन सक्छ, तर आत्मबल उच्च राख्नाले कामहरू सहजै सम्पन्न हुनेछन्।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

कला र साहित्यमा रुचि जाग्नेछ। नयाँ जिम्मेवारी आउने सम्भावना छ। साथीभाइसँगको सम्बन्धमा सुधार हुनेछ। आर्थिक पक्षमा केही समस्या देखिए पनि सामान्य खर्चले दिन बित्नेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

व्यवसायमा सफलता मिल्नेछ। पारिवारिक जीवनमा खुसी आउनेछ। आर्थिक पक्षमा सुधार हुनेछ। यात्रा सम्भावना रहेको छ, तर स्वास्थ्यमा ध्यान पुर्‍याउनु उचित हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

महनतको परिणाम प्राप्त हुने समय छ। व्यक्तिगत जीवनमा खुसी मिल्नेछ भने दाम्पत्य जीवनमा मिठास थपिनेछ। व्यापारमा लाभ हुनेछ, तर शत्रुहरूले केही समस्या पुर्‍याउने सम्भावना छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

अचानक लाभ प्राप्त हुने सम्भावना छ। नोकरी तथा व्यवसायमा जिम्मेवारी थपिन सक्छ। साथीहरूसँग सम्बन्ध सुधार हुनाले मन प्रफुल्लरहनेछ। यात्रामा पनि लाभ मिल्नेछ।


  • Jigyasa media

थप