मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
व्यावसायिक क्षेत्रमा सफलता मिल्नेछ। नयाँ अवसरहरू आउन सक्छन्। परिवारसँग समय बिताउन रमाइलो हुनेछ। यात्रामा सतर्क रहनुहोस्।
वृष (इ,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
धेरै मेहनत गर्नु पर्नेछ, तर परिणाम सोचेजस्तो नआउन सक्छ। स्वास्थ्यप्रति ध्यान दिनु पर्ने समय हो। नयाँ योजनाहरूलाई कार्यान्वयन नगर्नु राम्रो हुनेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
आर्थिक क्षेत्र सुधार हुनसक्छ। प्रेम सम्बन्धमा सुधार आउने छ। पारिवारिक माहोल सुखद रहन सक्छ। सामाजिक कार्यमा पनि सहभागी हुने मौका मिल्नेछ।
कर्कट (हि,हू,हे,हो,डा,डी,डु,डे,डो)
सकारात्मक सोचले तपाईंलाई सफलता दिलाउनेछ। व्यवसायिक यात्रामा सफलता मिल्नेछ। स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ, त्यसैले ध्यान पुर्याउनु होला।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
काममा सफलता हात लाग्नेछ। साथीभाइको सहयोगले जीवनमा नयाँ मोड आउन सक्छ। तपाईंको सामाजिक प्रतिष्ठा बढ्ने छ। तर, आर्थिक क्षेत्रमा ध्यान दिनुहोला।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
आजको दिन मिश्रित हुनेछ। योजनाहरू पूरा गर्न मेहनत गर्नु पर्नेछ। पारिवारिक समस्याहरू देखिन सक्छन्। तर, नयाँ साथी भेट्ने अवसर मिल्ने सम्भावना छ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
व्यापारमा सुधार आउनेछ। प्रेम सम्बन्धमा नयाँ मोड आउन सक्छ। परिवारमा खुशीयाली छाउनेछ। स्वास्थ्यमा पनि सुधार आउने संकेत देखिन्छ।
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
तपाईंको आत्मविश्वास बढ्नेछ। परिवारमा सुखद समय बिताउन सक्नु हुनेछ। आर्थिक लाभको सम्भावना छ। स्वास्थ्यमा ध्यान दिनु होला।
धनु (ये,यो,भा,भी,भू,धा,फा,ढा,भे)
धेरै मेहनत गरे पनि परिणाममा ढिलाई हुनसक्छ। यात्रा लाभदायक हुनसक्छ। प्रेम सम्बन्धमा सन्तुलन राख्न ध्यान दिनुहोस्।
मकर (भो,जा,जी,जू,खि,खा,खु,खे,खो,गा,गी)
नयाँ योजनाहरूमा लगानी गर्दा लाभ मिल्नेछ। परिवारमा मेलमिलापको वातावरण बन्नेछ। स्वास्थ्यमा ध्यान दिनुहोस्।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
तपाईंको प्रयास सफल हुनेछ। नयाँ अवसरहरूको खोजीमा समय बित्नेछ। साथीभाइको सहयोगले जीवनमा नयाँ मोड आउन सक्छ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
व्यावसायिक क्षेत्रमा सफलता मिल्नेछ। पारिवारिक जीवन सुखमय रहनेछ। आत्मविश्वास बढ्नेछ र नयाँ अवसरहरू प्राप्त हुनेछन्।
- Jigyasa media