Breaking News
विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||    

आजको राशिफल – शनिवार, साउन १७, २०८२

  •   १२ महिना अघि | १७ साउन २०८२, शनिबार

♈ मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

धेरै काम एकैसाथ गर्नु पर्दा तनाव महसुस हुन सक्छ। सानातिना विवादबाट टाढा रहनु राम्रो। आत्मविश्वासमा कमी नल्याउनुहोस्।


♉ वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

धन आगमनको सम्भावना छ। परिवारसँग रमाइलो समय बित्न सक्छ। धार्मिक कार्यमा रुचि बढ्नेछ।


♊ मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

व्यावसायिक यात्रामा लाभ मिल्नेछ। प्रेम सम्बन्धमा मिठास थपिनेछ। बोलीमा संयम आवश्यक छ।


♋ कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

सामाजिक क्षेत्रमा ख्याति बढ्न सक्छ। तर, स्वास्थ्यमा सामान्य कमजोरी देखिन सक्छ। आरामलाई प्राथमिकता दिनुहोस्।


♌ सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

पुराना काम पूरा गर्ने समय हो। सानो लगानी लाभदायक बन्न सक्छ। सहकर्मी वा साथीबाट सहयोग मिल्नेछ।


♍ कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

पारिवारिक झमेलामा परिने सम्भावना छ। निर्णय गर्दा धैर्यपूर्वक सोच-विचार गर्नुहोला। संयमित रहनु श्रेयस्कर।


♎ तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

सञ्चार र लेखन कार्यमा प्रगति हुनेछ। बौद्धिक क्षेत्रका व्यक्तिका लागि दिन शुभ। नयाँ योजना सफल हुने संकेत छ।


♏ वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आर्थिक रूपमा सशक्त बन्ने समय छ। तर, अपव्ययमा सतर्कता आवश्यक। मान-प्रतिष्ठा बढ्ने योग।


♐ धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)

आफ्नो प्रयासमा सफलता मिल्नेछ। नयाँ सम्बन्धको सुरुवात हुन सक्छ। आत्मबल बढ्ने दिन हो।


♑ मकर (भो, ज, जि, खि, खु, खे, खो, ग, गि)

थोरै मेहनतले ठूलो लाभ मिल्न सक्छ। भूमि वा घरसम्बन्धी कुरामा सावधानी अपनाउनुहोला।


♒ कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

दौडधूप बढ्न सक्छ, तर प्रयास सफल हुनेछ। नयाँ अवसरको खोजी भइरहेको छ भने आज सकारात्मक संकेत मिल्नेछ।


♓ मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

मनमा दुविधा हुनसक्छ, तर धैर्य राख्दा राम्रो नतिजा आउँछ। साथीभाइको साथ मिल्न सक्छ।

  • Jigyasanepal

थप