♈ मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
दिनको सुरुवात उत्साहपूर्ण हुनेछ। नयाँ योजना बनाउने वा नयाँ काम सुरु गर्ने अवसर मिल्न सक्छ। साझेतर्फ केही मानसिक तनाव आउन सक्छ।
उपाय: तुलसीको गमलामा जल अर्पण गर्नुहोस्।
♉ वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
परिवारको सल्लाहमा गरिएका निर्णय लाभदायक हुनेछन्। पारिवारिक सहकार्यबाट उत्साह बढ्नेछ। प्रेम जीवनमा सुधार देखिन्छ।
उपाय: गाईलाई हरियो घाँस खुवाउनु शुभ रहन्छ।
♊ मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सञ्चार र सम्पर्कमा सुधार आउनेछ। तर, छरछिमेक वा साथीहरूसँग सानो वादविवाद हुन सक्छ। व्यावसायिक योजनामा स्पष्टता ल्याउनु राम्रो।
उपाय: हनुमान चालिसा पाठ गर्नु हितकर।
♋ कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धन आगमनको राम्रो सम्भावना छ। आत्मबल उच्च रहनेछ। सञ्चयमा रुचि बढ्नेछ। पारिवारिक खर्च भने बढ्न सक्छ।
उपाय: दानपुण्यमा सहभागी हुनुहोस्।
♌ सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
महत्वपूर्ण कार्यमा सफलता प्राप्त हुनेछ। आत्मविश्वास बलियो रहनेछ। सरकारी वा प्रशासनिक कार्यमा लाभ हुने संकेत छ।
उपाय: सूर्यलाई जल अर्पण गरी दिनको सुरुवात गर्नुहोस्।
♍ कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आत्मसमीक्षा र मौन समयको आवश्यकता देखिन्छ। बोली वा अभिव्यक्तिमा सावधानी आवश्यक छ। पुराना स्मृतिहरू सताउने सम्भावना।
उपाय: दहीको सेवन गरी घरबाट निस्कनु राम्रो।
♎ तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामाजिक कार्यमा सफलता मिल्नेछ। मान–प्रतिष्ठा बढ्नेछ। नयाँ मित्रताको सुरुवात हुन सक्छ। लक्ष्यमा दृढ रहनुहोस्।
उपाय: सेतो कपडा लगाउनु लाभदायक।
♏ वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पेशा वा जागिरमा प्रशंसा प्राप्त हुन सक्छ। उच्च पदस्थ व्यक्तिसँग सम्बन्ध सुधार हुनेछ। तर, अहंकारबाट टाढा रहनु राम्रो।
उपाय: शान्तिपूर्वक काम गर्नुहोस्, आत्मावलोकन लाभदायक।
♐ धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)
यात्रा वा अध्यात्मिक क्षेत्रप्रति आकर्षण बढ्नेछ। अध्ययन वा अनुसन्धानमा समय दिनु राम्रो हुन्छ। विद्या र विवेकमा वृद्धि देखिन्छ।
उपाय: धार्मिक स्थलको दर्शन गर्नु शुभ।
♑ मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आम्दानीका स्रोत बढ्न सक्छन् तर खर्च पनि त्यति नै बढ्नेछ। प्रेम र साझेदारी सम्बन्धमा मधुरता ल्याउने प्रयास गर्नुहोस्।
उपाय: सानो बालकलाई फल दिनु शुभ।
♒ कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
साझेदारी वा वैवाहिक सम्बन्धमा तनाव आउन सक्छ। सहमतिमा कमी हुन सक्छ। सम्झौताका माध्यमबाट समस्या सुल्झाउनुहोस्।
उपाय: कन्यालाई सम्मानपूर्वक भोजन गराउनु राम्रो।
♓ मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
स्वास्थ्यमा सामान्य कमजोरी आउन सक्छ। काममा ढिलासुस्तीले निराशा दिने सम्भावना छ। नियमितता र धैर्य आवश्यक छ।
उपाय: ओम् नमः शिवाय जप गर्नु फाइदाजनक।
-
Jigyasanepal