मेष (चू, चे, चो, ला, ली, लू, ले, लो, अ)
आजको दिन व्यावसायिक लाभका लागि उपयुक्त देखिन्छ। अध्ययन र प्रतियोगितामा सफलता मिल्नेछ। वैवाहिक जीवन सुखद रहला।
वृष (ई, उ, ए, ओ, बा, बी, बु, बे, बो)
आर्थिक पक्षमा सुधार आउनेछ। तर, घरायसी समस्यामा ध्यान पुर्याउनु पर्छ। स्वास्थ्यमा सामान्य कमजोरी महसुस हुनसक्छ।
मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा)
आज नयाँ अवसरहरू हात लाग्ने सम्भावना छ। सामाजिक क्षेत्रमा प्रशंसा पाइनेछ। प्रेम जीवनमा सकारात्मकता बढ्नेछ।
कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
कार्य क्षेत्रमा परिश्रमले मात्र सफलता मिल्नेछ। मन भावुक बन्न सक्छ। परिवारमा रमाइलो वातावरण सिर्जना हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टी, टु, टे)
आजको दिन आत्मविश्वास बढ्नेछ। सामाजिक कार्यमा सक्रिय सहभागिता जनाउन सकिन्छ। सन्तान पक्षबाट खुशी प्राप्त हुनेछ।
कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो)
अध्ययनमा मन नजाने सम्भावना छ। आर्थिक लाभले मन प्रफुल्ल रहला। नयाँ ठाउँको यात्रा हुनेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आजको दिन साथीभाइसँगको सम्बन्धमा सुमधुरता बढ्नेछ। व्यापारमा मनग्ये नाफा हुनेछ। परोपकारी काममा सहभागी हुने अवसर मिल्नेछ।
वृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यि, यु)
आजको दिन भावनामा बग्न सक्छ। लगानी गर्दा सावधानी अपनाउनुहोस्। परिवारका सदस्यसँग समय बिताउने मौका मिल्नेछ।
धनु (ये, यो, भा, भी, भू, ध, फा, ढ, भे)
आफ्ना लक्ष्यप्रति दृढ रहनुहोस्। यात्रामा समय बित्नेछ। मनमा शान्ति प्राप्त हुनेछ। नयाँ ज्ञान प्राप्त हुने सम्भावना छ।
मकर (भो, ज, जी, खी, खु, खे, खो, गा, गी)
आजको दिन तपाईंको लागि चुनौतीपूर्ण रहन सक्छ। तर, धैर्यता राख्नुहोस्, समस्या समाधान हुनेछ। पारिवारिक सुख मिल्नेछ।
कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, द)
आर्थिक पक्ष बलियो बन्नेछ। अध्ययन तथा ज्ञानको क्षेत्रमा प्रगति हुनेछ। शुभ समाचार प्राप्त हुने सम्भावना छ।
मीन (दी, दू, थ, झ, ञ, दे, दो, च, चि)
आजको दिन तपाईंका लागि विशेष शुभ रहला। नयाँ काम सुरु गर्ने सोच बनेमा सफल भइनेछ। प्रेम जीवनमा मिठास छाउनेछ।
शुभ दिन ।।
- Jigyasa media