मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – आजको दिन आत्मविश्वासले भरिपूर्ण रहनेछ। आर्थिक लाभको सम्भावना छ, तर अरुको काममा हस्तक्षेप नगर्नु राम्रो हुन्छ। यात्रा गर्दा सतर्क रहनुहोस्।
वृष (इ,उ,ए,ओ,वा,वि,वू,वे,वो) – स्वास्थ्यमा ध्यान दिनुहोस्। अरुको विश्वास जित्न सफल हुनुहुनेछ। पारिवारिक सुखमा बृद्धि हुनेछ र मनमा शान्ति कायम रहनेछ।
मिथुन (का,कि,कू,घ,ङ,छ,के,को,हा) – विद्या र ज्ञानमा प्रगति हुने दिन छ। प्रेम जीवनमा सन्तुलन राख्नुपर्नेछ। बोलीमा मिठास राख्दा सम्बन्धमा सुधार आउनेछ।
कर्कट (हि,हू,हे,हो,डा,डि,डु,डे,डो) – आत्मविश्वास बढ्नेछ र नयाँ काममा सफलता मिल्नेछ। आर्थिक लाभका लागि गरेको प्रयास सफल हुनेछ। घरायसी काममा व्यस्त रहनुपर्नेछ।
सिंह (मा,मि,मू,मे,मो,टा,टि,टू,टे) – व्यापारमा लाभ होला। अरुको सहयोगले राम्रो काम गरिनेछ। परिवारमा कुनै शुभ कार्यको सम्भावना छ।
कन्या (टो,पा,पि,पू,ष,ण,ठ,पे,पो) – दैनिक काममा सुधार आउनेछ। आजको दिन शिक्षामा प्रगति मिल्नेछ। मानसिक शान्ति पाउन सकिनेछ।
तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) – दिन निकै राम्रो रहनेछ। नयाँ अवसर पाइनेछ र आत्मविश्वास बढ्नेछ। स्वास्थ्यमा सुधार आउनेछ र आर्थिक स्थितिमा बृद्धि हुनेछ।
वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यि,यु) – संघर्षको दिन हुनेछ। मनमा चिन्ता रहन सक्छ, तर आत्मविश्वासले कार्यमा सफलता मिल्नेछ। सानातिना समस्याहरूमा अल्झन नदिनुहोला।
धनु (ये,यो,भा,भि,भु,ध,फा,ढा,भे) – आजको दिन सन्तोषजनक रहनेछ। कुनै यात्रा हुन सक्छ र त्यसले राम्रो फाइदा पुर्याउनेछ। बोलीको प्रभावले अरुलाई प्रभावित पार्न सक्नुहुनेछ।
मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) – मान-प्रतिष्ठामा वृद्धि हुनेछ। माया पाउन सक्नुहुन्छ र सहयोगको अवसर मिल्नेछ। धनलाभको सम्भावना छ।
कुम्भ (गू,गे,गो,सा,सि,सु,से,सो,द) – आज मित्रहरूको साथ पाउनु हुनेछ। पारिवारिक सुख र नयाँ अवसर पाइनेछ। स्वास्थ्यमा सुधार आउनेछ।
मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि) – आजको दिन ठिकै रहनेछ। कुनै पुरानो विवाद सुल्झन सक्छ। सानातिना कामहरूमा सफलता पाउनु हुनेछ।
शुभ दिन ।।
- Jigyasa media