Breaking News
ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||    

दैनिक राशिफल – वैशाख २८, २०८२ (आईतबार)

  •   १ वर्ष अघि | २८ बैशाख २०८२, आइतवार

१. मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामाजिक क्षेत्रमा मान–सम्मान मिल्नेछ। आत्मविश्वास बढ्नेछ। काममा सफलता मिल्ने संकेत छन्। तर निर्णय गर्दा धैर्य अपनाउनु होला।

२. वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सावधानीपूर्वक व्यवहार गर्नु पर्ने दिन हो। आर्थिक क्षेत्रमा अलि खर्च बढी हुन सक्छ। पारिवारिक जिम्मेवारी बढ्न सक्छ।

३. मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) बौद्धिक क्षमता र वाक्पटुता प्रयोग गरी लाभ उठाउन सकिनेछ। सवारीसाधन प्रयोग गर्दा सावधानी अपनाउनुहोस्।

४. कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ योजनाहरू अगाडि बढाउन सकिने समय छ। प्रेम सम्बन्धमा प्रगति देखिन्छ। धन लाभको योग छ।

५. सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) महत्वपूर्ण कार्यमा सफल भइनेछ। मित्रको सहयोग मिल्नेछ। विद्या र पठनपाठनमा उन्नति हुने संकेत छ।

६. कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सजग भएर मात्र निर्णय लिनु उपयुक्त हुनेछ। यात्रा गर्दा विशेष सावधानी अपनाउनुहोला। खर्च बढ्ने सम्भावना छ।

७. तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) काममा सफलता र प्रतिष्ठा बढ्नेछ। दाम्पत्य जीवन सुखद रहनेछ। नयाँ योजना सफल हुने सम्भावना छ।

८. वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)पारिवारिक सम्बन्धमा मिठास आउनेछ। वैदेशिक क्षेत्रबाट शुभ समाचार प्राप्त हुन सक्छ। रोकिएका काम बन्नेछन्।

९. धनु (ये, यो, भा, भि, भू, ध, फा, ढ, भे) साझेदारीमा काम गर्दा विश्वासमा कमी आउन सक्छ। आक्रोश नियन्त्रण गर्नु राम्रो हुन्छ। ध्यान र संयमता अपनाउनुहोस।

१०. मकर (भो, जा, जि, जु, जे, जो, खा, खि, खु, खे) धार्मिक र परोपकारी कार्यमा मन जानेछ। व्यवसायिक क्षेत्रमा सुधार देखिन्छ। प्रेम सम्बन्धमा समझदारी आवश्यक छ।

११. कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) मित्रको साथले मन प्रसन्न हुनेछ। काममा उत्साह बढ्नेछ। स्वास्थ्यमा ध्यान दिनुपर्ने दिन हो।

१२. मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) पारिवारिक साथ–सहयोगले काममा उत्साह मिल्नेछ। नयाँ अवसर प्राप्त हुने दिन हो। आत्मबल बढ्नेछ।

  • Jigyasanepal

थप