मेष (Aries) – आत्मविश्वास बढ्नेछ। व्यापार र रोजगारीमा सुधार आउला। परिवारमा सुख-शान्ति कायम रहनेछ। प्रेम सम्बन्धमा मिठास बढ्नेछ।
वृष (Taurus) – आर्थिक क्षेत्रमा सुधार आउनेछ। पारिवारिक सम्बन्धमा सामञ्जस्य बढ्नेछ। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ, खानपानमा ध्यान दिनुहोला।
मिथुन (Gemini) – कार्यक्षेत्रमा चुनौती आइपर्ला, तर दृढ संकल्पले सफलता प्राप्त गर्न सकिनेछ। यात्राका योजना बन्न सक्छन्। नयाँ अवसरको खोजी गर्न उपयुक्त समय छ।
कर्कट (Cancer) – आर्थिक पक्ष सबल बन्नेछ। लगानी गर्दा राम्ररी सोच-विचार गर्नुहोला। पारिवारिक सुख मिल्नेछ। सामाजिक मान-प्रतिष्ठा बढ्ने समय छ।
सिंह (Leo) – काममा मन नलाग्ने र मानसिक तनाव बढ्ने सम्भावना छ। आर्थिक मामिलामा सतर्क रहनुहोस्। नयाँ योजना सफल हुन सक्छ।
कन्या (Virgo) – आजको दिन प्रेम जीवनका लागि राम्रो छ। व्यापारिक लाभको सम्भावना छ। परिवारको सहयोग पाइनेछ। यात्रा गर्दा सावधानी अपनाउनुहोला।
तुला (Libra) – आत्मबल बढ्नेछ। राजनीतिक तथा सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। बौद्धिक क्षेत्रमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ।
वृश्चिक (Scorpio) – गोपनीयतामा ध्यान दिनुहोला, अरूलाई धेरै विश्वास नगर्नुहोस्। लगानी गर्दा सोच-सम्झेर गर्नुहोस्। घरपरिवारमा केही असमझदारी देखिन सक्छ।
धनु (Sagittarius) – परिश्रम अनुसार राम्रो फल पाइनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। व्यापारमा नयाँ अवसर आउन सक्छ।
मकर (Capricorn) – घरपरिवारमा सौहार्द बढ्नेछ। नोकरी तथा व्यवसायमा फाइदा हुने समय छ। साथीभाइको सहयोग पाइनेछ।
कुम्भ (Aquarius) – नयाँ अवसरहरू प्राप्त हुनेछन्। वैदेशिक सम्बन्धमा सुधार आउनेछ। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ, ध्यान दिनुहोला।
मीन (Pisces) – नयाँ ठाउँको यात्रा सम्भावना छ। व्यापारिक साझेदारी फाइदाजनक बन्न सक्छ। सन्तान सुख प्राप्त हुनेछ। मानसिक शान्ति मिल्नेछ।
शुभ दिन ।
- Jigyasa media