मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आत्मबल बढ्नेछ। सामाजिक कार्यमा अग्रसरता देखाउनुहुनेछ। नयाँ अवसरको संकेत छ, तर निर्णय सोचेर गर्नुहोला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) बिहानको समय तनावपूर्ण रहन सक्छ, दिउँसोपछि परिस्थितिमा सुधार आउनेछ। प्रेम र सम्बन्धमा स्पष्टता ल्याउनुहोस्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) काममा सफलता मिल्नेछ। रोकिएका योजनाहरू अघि बढ्ने सम्भावना छ। साथीबाट सहयोग मिल्ने दिन हो।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धन लाभको योग छ। पारिवारिक सल्लाहमा चल्नु उपयुक्त हुनेछ। यात्रामा सफलता मिल्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) राम्रो अवसरको संकेत छ, तर प्रतिस्पर्धी बढ्न सक्छन्। आज गरेको लगानी भविष्यमा लाभदायक बन्न सक्छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धेरै काम एकसाथ गर्न खोज्दा अलमल पर्न सक्छ। समय व्यवस्थापनमा ध्यान दिनुहोला। मानसिक चञ्चलता घटाउनुहोस्।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) पारिवारिक सम्बन्ध प्रगाढ हुने दिन हो। प्रेम सम्बन्धमा प्रगति देखिन्छ। आजको दिन भावनात्मक निर्णय टार्नुहोस्।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)विवेक प्रयोग गरे आजको दिन तपाईँका लागि लाभदायक बन्नेछ। पुराना सम्बन्ध बलियो बन्ने संकेत छ।
धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे) प्रशंसा पाइने दिन हो। पढाइ–लेखाइ तथा परीक्षामा सफलता मिल्नेछ। नयाँ योजना थालनीको योग पनि छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) आर्थिक पक्ष बलियो बन्नेछ। सरकारी काममा सफलता मिल्नेछ। सञ्चार र लेखनमा सफलता मिल्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज केही चुनौती आउन सक्छन्, तर धैर्यले पार पाउनुहुनेछ। आफन्तसँगको छलफल लाभदायक हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) धेरै सोच्दा अवसर गुम्न सक्छ। कामप्रति उत्साह बढ्नेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ।
-
Jigyasanepal