मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज आत्मबल बलियो रहनेछ। प्रतिस्पर्धी कार्यमा सफलता मिल्नेछ। यात्रामा लाभ हुनेछ तर स्वास्थ्यमा सानो असजिलो हुन सक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धन खर्चमा वृद्धि देखिन्छ, तर कामकाजमा उत्साह जाग्नेछ। प्रेम सम्बन्धमा सुधार आउनेछ। निर्णय गर्दा धैर्य अपनाउनु होला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आजको दिन आर्थिक लाभदायक रहन सक्छ। बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ। शुभ सूचना प्राप्त हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कामको चाप बढ्नेछ तर परिणाम सन्तोषजनक आउनेछ। पुराना साथीहरूसँग भेटघाटको सम्भावना। मन रमाउने दिन।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अत्यावश्यक निर्णय लिनु परेमा समय राम्रो छ। सामाजिक प्रतिष्ठा बढ्नेछ। सरकारी काममा लाभ हुने संकेत देखिन्छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
धेरै योजना बनाएर थकित हुन सक्ने दिन। मन अलमलमा रहन सक्छ। खर्चमा संयमता आवश्यक छ। पारिवारिक सहयोग मिल्नेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आजको दिन मित्र सहयोगी हुनेछन्। प्रेम जीवनमा सुधार आउने संकेत छ। नयाँ योजनामा लगानी सोचविचार गरेर गर्नुहोला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पद, प्रतिष्ठा र मान बढ्ने समय हो। पारिवारिक खुसी मिल्नेछ। सरकारी निकायसँग जोडिएका काममा सफलता मिल्नेछ।
धनु (ये, यो, भ, भि, भू, ध, फा, ढ, भे)
आजको दिन अध्यात्म वा ज्ञान प्राप्तिमा रुचि जाग्नेछ। यात्रामा लाभ हुनेछ। नयाँ विचार र सुझावले भविष्य निर्माणमा सहयोग पुर्याउनेछ।
मकर (भो, जा, जि, खि, खु, खे, खो, गा, गि)
मूल्यवान वस्तु हराउने सम्भावना, ध्यान दिनुहोला। पारिवारिक विषयमा धैर्य आवश्यक छ। कानुनी वा विवादास्पद विषयमा सतर्क रहनुहोला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
साझेदारीमा गरिएको कामबाट लाभ मिल्नेछ। नयाँ अवसरको संकेत देखिन्छ। वैवाहिक सम्बन्धमा मिठास आउनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
स्वास्थ्यमा सुधार आउनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ। अध्ययन वा अध्यापन क्षेत्रमा प्रगति हुनेछ।
शुभ दिन ।
- Jigyasa media