मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
पारिवारिक सम्बन्ध प्रगाढ बन्नेछ। नयाँ योजना बनाउने अनुकूल समय छ। तर, आर्थिक लेनदेनमा होसियारी अपनाउनुहोस्।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ। प्रेम सम्बन्धमा मिठास थपिनेछ। शत्रुपक्ष कमजोर हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
धेरै बोल्नुभन्दा काम गरेर देखाउनु हितकर हुनेछ। पारिवारिक जिम्मेवारी बढ्न सक्छ, तर प्रयास सफल बन्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सहकर्मी वा साथीबाट सहयोग मिल्नेछ। यात्राको सम्भावना देखिन्छ। स्वास्थ्यप्रति सजग रहनुहोस्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अर्थ प्राप्तिका सम्भावना प्रबल छन्। आत्मविश्वास बढ्नेछ। नयाँ जिम्मेवारी आउन सक्छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
परिस्थिति तपाईंको पक्षमा आउनेछ। महत्वाकांक्षी योजना सुरु गर्न सकिने समय हो। मानसम्मान प्राप्त हुने योग।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
अप्रत्याशित खर्चले मन चिन्तित बन्न सक्छ। तर, धैर्यका साथ अघि बढे लाभ हुनेछ। आत्मावलोकन गर्नु उपयुक्त छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पुराना मित्रसँग भेटघाट हुनेछ। कानूनी वा प्रशासनिक काममा सफलता मिल्नेछ। पारिवारिक सल्लाह महत्वपूर्ण हुनेछ।
धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)
कुनै कुराले मन दुख्न सक्छ, तर संयमता अपनाउँदा लाभ मिल्नेछ। कामको प्रशंसा हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यवसाय वा पेशामा सुधार आउनेछ। नयाँ सम्पर्कहरू भविष्यमा उपयोगी हुनेछन्। दाम्पत्य जीवनमा रमाइलो हुने दिन।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
विद्यार्थी र अनुसन्धानमा संलग्न व्यक्तिका लागि फलदायी समय। बौद्धिक चर्चा वा बहसमा सहभागी हुने अवसर मिल्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
मनोकांक्षा पूरा हुने सम्भावना छ। प्रेम र सम्बन्धमा उत्साह जाग्नेछ। शुभ समाचार पाउने दिन।
शुभ दिनको शुभकामना!
- Jigyasa media