मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन ऊर्जा र उत्साहले भरिपूर्ण रहनेछ। काममा सफलता मिल्नेछ, तर आवेगमा निर्णय नगर्नुहोस्। पारिवारिक सम्बन्धमा सुधार हुनेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज आर्थिक पक्षमा विशेष ध्यान पुर्याउनुहोस्। लगानी गर्दा होशियार रहनुहोस्। साथीभाइसँग मनमुटाव हुनसक्ने भएकाले संयम राख्नुहोस्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सञ्चार क्षमताले प्रभाव पार्नेछ। नसोचेको अवसर हात लाग्न सक्छ। प्रेम सम्बन्धमा सुधार आउनेछ। यात्राका लागि राम्रो समय छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ काम सुरु गर्दा धैर्य गर्नुपर्नेछ। पारिवारिक जीवनमा सन्तुलन आवश्यक छ। स्वास्थ्यमा सचेत रहनुहोस्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कला, साहित्य तथा सृजनात्मक क्षेत्रमा रुचि बढ्नेछ। आत्मबल बढ्नेछ। नयाँ जिम्मेवारी प्राप्त हुनसक्छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आजको दिन आर्थिक रूपमा लाभदायक बन्नसक्छ। घरायसी झमेलामा फस्न नदिनुहोस्। संयमित व्यवहार गर्दा सफलता मिल्नेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
कला, साहित्य वा प्रवचन क्षेत्रमा रूचि बढ्नेछ। आर्थिक स्थिति सुधार हुनेछ। पारिवारिक सद्भाव बढ्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज तनावबाट टाढा रहनुहोस्। नसोचेको अवसर आउन सक्छ। व्यवसायमा सफलता मिल्नेछ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
सामाजिक कार्यमा रुचि बढ्नेछ। बौद्धिक कार्यमा प्रगति हुनेछ। प्रेम सम्बन्धमा सुधार आउँनेछ।
मकर (भो,जा, जी, खी, खु, खे, खो, गा, गि)
आर्थिक पक्ष सामान्य रहनेछ। परिवारमा सन्तुलन आवश्यक छ। स्वास्थ्यप्रति ध्यान पुर्याउनुहोस्।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आजको दिन शुभ रहनेछ। अध्ययन तथा अनुसन्धानमा मन जानेछ। नयाँ अवसर प्राप्त हुनसक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज विशेष अवसर प्राप्त हुनसक्छ। नयाँ लगानीका लागि अनुकूल समय छ। परिवारमा सुख-शान्ति कायम रहनेछ।
🔮 शुभ दिनको शुभकामना!
- Jigyasa media