🐏 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज बोल्दा विचार पुर्याउनुहोस्, अनावश्यक विवादमा पर्न सकिन्छ। व्यावसायिक काममा संयमता अपनाउनुहोला।
शुभ रंग: रातो | शुभ अंक: ९
🐂 वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पारिवारिक सहयोगले आत्मबल बढ्नेछ। लेखपढ र प्रतियोगितामा सफलता मिल्ने सम्भावना छ।
शुभ रंग: सेतो | शुभ अंक: ६
👫 मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मन चञ्चल हुनेछ, सानो कुराले चिन्ता बढ्न सक्छ। तर, नयाँ अवसर प्राप्त हुने दिन पनि हो।
शुभ रंग: हरियो | शुभ अंक: ५
🦀 कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ काममा हात हाल्ने सोच बनिरहेको छ भने यो दिन राम्रो संकेत दिन सक्छ। पारिवारिक सहकार्य उपयोगी हुनेछ।
शुभ रंग: पहेंलो | शुभ अंक: ३
🦁 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सामाजिक प्रतिष्ठा बढ्नेछ। रोकिएका काम बन्ने संकेत देखिन्छ। नोकरी र व्यवसायमा फाइदा होला।
शुभ रंग: सुनौलो | शुभ अंक: १
🌾 कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ योजना बनाउने समय हो। तर खर्चमा नियन्त्रण गर्नु आवश्यक छ। सवारीमा सावधानी अपनाउनुहोस्।
शुभ रंग: निलो | शुभ अंक: ७
⚖️ तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साथीभाइ र परिवारको सहयोगले मन प्रसन्न हुनेछ। अध्ययन र सिर्जनात्मक क्षेत्रमा सफलता मिल्नेछ। शुभ रंग: गुलाबी | शुभ अंक: ४
🦂 वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धन संकलनमा सुधार आउनेछ। यत्रा लाभदायक रहनेछ। तर शत्रु पक्षबाट सावधान रहनुहोस्।
शुभ रंग: खैरो | शुभ अंक: २
🏹 धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
काममा दृढता र लगनशीलता देखिएला। प्रेम सम्बन्धमा मिठास आउन सक्छ। सरकारी काममा सफलता मिल्नेछ।शुभ रंग: क्रीम | शुभ अंक: ८
🐐 मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
स्वास्थ्यमा सामान्य सुधार आउनेछ। नयाँ सम्पर्कहरू बन्न सक्छन्। रचनात्मक क्षेत्रमा सफलता मिल्ने योग छ।
शुभ रंग: खरानी | शुभ अंक: ६
🌊 कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पुराना मित्र भेट हुन सक्छन्। व्यक्तिगत निर्णयमा परिपक्वता आवश्यक छ। मिहिनेतले सफलता ल्याउनेछ।
शुभ रंग: बैजनी | शुभ अंक: ५
🐟 मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
धन लाभको सम्भावना छ। भावनात्मक विषयहरूमा ध्यान दिनुपर्ने दिन हो। घरपरिवारको समर्थन रहनेछ।
शुभ रंग: निलो | शुभ अंक: ७
-
Jigyasanepal