Breaking News
वर्षाले त्रिवि क्रिकेट मैदान जलमग्न, एनपीएलको पहिलो खेल रद्द    ||     अर्नबको प्रभाव कमजोर हुँदै, अझै केही प्रदेशमा भारी वर्षा; दिउँसोपछि मौसममा सुधारको संकेत    ||     कृषिमा युवा आकर्षण बढ्दै: नेपालगञ्जमा तीन युवाले थाले व्यावसायिक सयपत्री फूल खेती    ||     भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||    

लोकप्रिय कथावाचक देवी प्रतिभाको गृहनगर मण्डनदेउपुरमा सम्मान

  •   २ वर्ष अघि | १३ साउन २०८१, आइतवार

काभ्रे । लोकप्रिय कथावाचक देवी प्रतिभालाई गृहनगर मण्डनदेउपुरमा सम्मान र अभिनन्दन गरिएको छ। 


आइतबार नगरप्रमुख टोकबहादुर वाइवा र उपप्रमुख विष्णुमणि नेपालले उनलाई नगरपालिकाको सभाहलमा स्वागत र सम्मान गरेका हुन्। सम्मान ग्रहण गर्दै देवी प्रतिभाले आफ्नो संस्कार र गृहनगरलाई कहिल्यै नभुल्ने बताइन्। 


नगरप्रमुख वाइवाले प्रतिभालाई नगर र देशकै गौरव बताउँदै उनको आगामी सफलताको कामना गरे। उपप्रमुख नेपालले पनि प्रतिभालाई राष्ट्रको गौरव भन्दै नगरपालिकाले यस्ता व्यक्तित्वहरूको कदर गर्ने बताए।

यसअघि शनिबार काभ्रे सेवा समाज र पनौती नगरपालिकाले पनि उनलाई स्वागत र सम्मान गरेका थिए। 

देवी प्रतिभा, जसले भारतको वृन्दावनमा अध्ययन गरेकी छिन्, हाल नेपालमा कोटीहोम महायज्ञका लागि आएकी हुन्। कार्यक्रमको अवसरमा उनलाई गृहनगरमा सम्मान गरिएको हो।

  • Jigyasa media

थप