Breaking News
अर्नबको प्रभाव घटेसँगै मौसममा सुधार हुँदै, आजदेखि वर्षा र हिमपात कम हुने    ||     वर्षाले त्रिवि क्रिकेट मैदान जलमग्न, एनपीएलको पहिलो खेल रद्द    ||     अर्नबको प्रभाव कमजोर हुँदै, अझै केही प्रदेशमा भारी वर्षा; दिउँसोपछि मौसममा सुधारको संकेत    ||     कृषिमा युवा आकर्षण बढ्दै: नेपालगञ्जमा तीन युवाले थाले व्यावसायिक सयपत्री फूल खेती    ||     भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||    

विद्युत् प्राधिकरणद्वारा तीन उद्योगको लाइन काटियो

  •   २ वर्ष अघि | २६ असार २०८१, बुधबार

काठमाडौँ । डेडिकेटेड र ट्रंकलाइनको महशुलको विषयलाई लिएर नेपाल विद्युत् प्राधिकरणले फेरि तीन उद्योगको लाइन काटेको छ । मंगलबार राति ९ बजे प्राधिकरणले फेरि तीन उद्योगको लाइन काटेको हो ।

अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सको लाइन काटेको हो । अर्घाखाँचीले ४४ करोड ८६ लाख, घोराही सिमेन्ट उद्योगले ५१ करोड रुपैयाँ र रिलायन्सले ७५ करोड ३७ लाख रूपैयाँ प्राधिकरणलाई वक्यौता तिर्न बाँकी छ ।

लोडसेडिङको समयमा उद्योगहरुले प्रिमियम शुल्क लाग्ने डेटिकेटेड तथा ट्रंक लाइनमार्फत् बिजुली उपभोग गरेका उद्योगहरूले शुल्क नतिरेपछि प्राधिकरणले १५ दिनको समय दिएर सूचना निकालेको थियो । तर उद्योगहरूले अटेर गरेर उक्त समयमा वक्यौता नतिरेपछि विजुलीको लाइन काटेको हो ।

  • Jigyasa media

थप