Breaking News
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा, दिउँसोपछि थप सक्रिय हुने सम्भावना    ||     तारा सुवेदीको ‘अनभूतिका महक’ लोकार्पित    ||     तराईनजिक आयो मनसुनको रेखा, आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना    ||     विलाप    ||     आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||    

लागुऔषध सेवन गर्ने क्रममा विवाद भएपछि धारीलो हतियार प्रहार

एक युवकको मृत्यु

  •   २ वर्ष अघि | २६ असार २०८१, बुधबार

रौतहट । रौतहटको इशनाथ नगरपालिकामा गएराति एक युवकको हत्या भएको छ । हत्या हुनेमा इशनाथ–९, लवतनाका १८ वर्षीय सहबाज मिया आलम रहेकोे प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आलमको शव शनाथ नगरपालिका–२, औरैयामा रहेको नगरपालिकाको कार्यालय अगाडिको आप बगंैचामा फेला परेको हो । मियालाई अज्ञात समूहले धारिलो हतियारले पेटमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

‘एकै समूहमा बसेर लागुऔषध सेवन गर्ने क्रममा विवाद भएपछि धारीलो हतियार प्रहार भएको आशंका छ’, जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक दिलिप घिमिरेले भने, ‘घटनाको सम्बन्धमा हिजो राति देखिनै अनुसन्धान सुरु गरेका छौं ।’

मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको एसपी घिमिरेले बताए ।

  • Jigyasa media

थप