Breaking News
अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सार्ने परम्परासँगै चतुर्मास व्रतको शुभारम्भ    ||    

दैनिक राशिफल – भदौ ५ गते, बिहीबार २०८२

  •   ११ महिना अघि | ५ भदौ २०८२, बिहिबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज उत्साह बढ्नेछ, तर काममा ढिलासुस्ती हुन सक्छ। साथीभाइबाट सहयोग पाइएला। आर्थिक पक्ष सामान्य रहला।


वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

कामकाजमा व्यस्तता बढ्नेछ। नसोचेको ठाउँबाट लाभ हात लाग्न सक्छ। खर्चमा ध्यान पुर्याउनु होला।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आत्मविश्वास बढ्ने दिन। प्रेम सम्बन्धमा प्रगाढता आउन सक्छ। व्यापारमा लाभ प्राप्त हुने सम्भावना छ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

घरायसी कामले अल्झन दिन सक्छ। आत्मसंयम अपनाउनु पर्छ। स्वास्थ्यमा समस्या आउन सक्छ, सचेत रहनु होला।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

शुभ समाचार प्राप्त हुने दिन। पारिवारिक भेटघाटमा रमाइलो हुनेछ। काममा अपेक्षित सफलता हात लाग्नेछ।


कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

धनसम्बन्धी कारोबार गर्दा सावधानी अपनाउनु पर्छ। घरमा धार्मिक कार्यको संकेत छ। यात्रा लाभदायी हुनेछ।


तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आर्थिक लाभ हुने दिन। व्यापारमा वृद्धि देखिन्छ। पारिवारिक सद्भाव बढ्नेछ। आत्मबल उच्च रहनेछ।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

विचारमा अस्थिरता देखिन सक्छ। खर्च बढ्ने सम्भावना छ। मित्रतासम्बन्धी अल्झन आउन सक्छ।


धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)

धेरै समयदेखि रोकिएका काम बन्नेछन्। मित्रको सहयोग पाइनेछ। शुभकाम र नयाँ सुरुवातका लागि दिन उपयुक्त छ।


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

काममा ढिलासुस्ती हुनेछ। स्वास्थ्यप्रति ध्यान पुर्याउनुहोस्। आफन्तसँग सानो वादविवाद हुन सक्छ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

शुभकार्यको योजना बन्नेछ। प्रेममा सफलता मिल्नेछ। सामाजिक प्रतिष्ठा बढ्ने सम्भावना छ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

धन लाभको संभावना छ। मानसिक प्रसन्नता बढ्नेछ। नयाँ कार्यको अवसर प्राप्त हुनेछ।

  • Jigyasanepal

थप