Breaking News
बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||     आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, बुधबारदेखि देशभर वर्षा हुन सक्ने    ||     बुधबारदेखि नेपालमा वर्षा गराउन सक्ने मौसमी प्रणाली सक्रिय हुने सम्भावना    ||    

दैनिक राशिफल – भदौ ४, बुधबार, २०८२

  •   १ वर्ष अघि | ३ भदौ २०८२, मङ्लबार

♈ मेष (Aries)

आज आलस्य बढ्ने देखिन्छ, जसका कारण केही काम अधुरै रहन सक्छ। आर्थिक लाभका लागि गरिएको प्रयास भने सफल बन्नेछ। प्रेम सम्बन्धमा समझदारी आवश्यक छ।


♉ वृष (Taurus)

आज तपाईँले मेहनत गरेको काममा राम्रो परिणाम पाउनुहुनेछ। घरायसी कार्यमा व्यस्त रहनुपर्ला। कार्यक्षेत्रमा सहयोगीहरूको साथ मिल्नेछ।


♊ मिथुन (Gemini)

विद्यार्थी तथा प्रतिस्पर्धामा संलग्न व्यक्तिका लागि शुभ दिन छ। सानो विवादले मन खिन्न बनाउन सक्छ। आर्थिक मामिलामा सामान्य लाभ हुने योग छ।


♋ कर्कट (Cancer)

परिवार र नातागोतामा खुसीको समाचार सुन्न पाइने सम्भावना छ। व्यापार–व्यवसायमा लाभ हुने देखिन्छ। प्रेम सम्बन्धमा प्रगाढता आउनेछ।


♌ सिंह (Leo)

आज नयाँ कार्य सुरु गर्न अनुकूल समय छैन। आर्थिक क्षेत्रमा सामान्य उतारचढाव देखिन सक्छ। स्वास्थ्यमा ध्यान दिनु पर्नेछ।


♍ कन्या (Virgo)

आफ्नो क्षमतामा विश्वास बढ्नेछ। तपाईँको निर्णयले परिवारमा खुशी ल्याउनेछ। धन लाभका अवसर प्राप्त हुने सम्भावना छ।


♎ तुला (Libra)

घरायसी खर्चमा वृद्धि हुने देखिन्छ। सामाजिक प्रतिष्ठा बढ्ने कार्यमा संलग्न भइनेछ। स्वास्थ्यमा सुधार आउनेछ।


♏ वृश्चिक (Scorpio)

आज तपाईँलाई शुभचिन्तकहरूको साथ र समर्थन प्राप्त हुनेछ। अड्किएको धन फिर्ता आउने सम्भावना छ। नयाँ अवसर प्राप्त हुने दिन हो।


♐ धनु (Sagittarius)

विदेश यात्रा वा उच्च अध्ययनसँग सम्बन्धित काममा सकारात्मक खबर आउनेछ। आर्थिक पक्ष सबल हुने देखिन्छ। मित्रसँग भेटघाट सुखद हुनेछ।


♑ मकर (Capricorn)

कानूनी वा सरकारी कार्यमा सफलता मिल्नेछ। कार्यक्षेत्रमा जिम्मेवारी बढ्न सक्छ। परिवारमा मेलमिलाप हुने दिन हो।


♒ कुम्भ (Aquarius)

आज तपाईँलाई आत्मबल र आत्मविश्वास बढ्नेछ। लेखन, अध्ययन तथा सिर्जनात्मक काममा सफलता मिल्नेछ। आर्थिक पक्ष सामान्य हुनेछ।


♓ मीन (Pisces)

आर्थिक लाभ हुने योग छ तर खर्च पनि बढ्न सक्छ। परिवारसँग समय बिताउँदा मनमा आनन्द छाउनेछ। स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ।

  • Jigyasanepal

थप