Breaking News
बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||     आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, बुधबारदेखि देशभर वर्षा हुन सक्ने    ||     बुधबारदेखि नेपालमा वर्षा गराउन सक्ने मौसमी प्रणाली सक्रिय हुने सम्भावना    ||    

३१ भदौ २०८२, मंगलबारको राशिफल

  •   १ वर्ष अघि | ३१ भदौ २०८२, मङ्लबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज नयाँ योजनामा हात हाल्न सकिने दिन हो। साथी–संगतको सहयोग पाइनेछ। व्यापारमा नाफा बढ्ने सम्भावना छ। तर, अनावश्यक खर्चमा नियन्त्रण गर्नु आवश्यक छ।


वृष (इ, उ, ए, ओ, वा, वि, wu, वे, वो)

आफन्त वा मित्रसँग मनमुटाव हुनसक्छ। धैर्यतापूर्वक प्रस्तुत हुनुपर्छ। काममा ढिलाइ भए पनि अन्ततः सफलता मिल्नेछ। स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

शैक्षिक क्षेत्रमा राम्रो प्रगति हुनेछ। अध्ययन–अध्यापनमा मन जानेछ। छोटो यात्राबाट लाभ मिल्नेछ। प्रेम सम्बन्धमा नजिकिँदै जाने दिन।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आर्थिक लाभ हुने दिन हो। पुराना काम बन्नेछन्। पारिवारिक समर्थन मिल्नेछ। तर, स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ, विशेष गरी पेटसम्बन्धी समस्या आउन सक्छ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज महत्त्वपूर्ण निर्णय लिन सकिने समय छ। सामाजिक प्रतिष्ठा बढ्नेछ। व्यापारमा नयाँ अवसर मिल्ने सम्भावना छ। तर, शत्रुपक्ष सक्रिय हुने भएकाले सतर्क रहनुहोस्।


कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

धार्मिक वा सामाजिक कार्यमा संलग्नता बढ्नेछ। दाम्पत्य जीवनमा मिठास छाउनेछ। शारीरिक ऊर्जा बढ्ने दिन। तर, अहंकार नियन्त्रण गर्नु जरुरी छ।


तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज आकस्मिक खर्च बढ्न सक्छ। पारिवारिक काममा व्यस्त रहनुपर्ने दिन। भावनामा आएर निर्णय नगर्नुहोस्। नयाँ अवसर आउन सक्ने भए पनि धैर्य गर्नुपर्छ।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज आत्मबल बढ्नेछ। नयाँ साथी वा सहयोगी भेटिनेछ। वैवाहिक सम्बन्धमा सुधार हुनेछ। व्यापारमा नाफा हुने सम्भावना छ।


धनु (ये, यो, भा, भि, भु, ध, फा, ढा, भे)

धेरै दिनदेखि अड्किएका काम बन्नेछन्। परिवारमा खुसी छाउनेछ। तर, स्वास्थ्यमा सामान्य समस्या आउनसक्छ। फुर्सदिलो समय साथीहरूसँग रमाइलोमा बित्नेछ।


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आफ्नो लगनशीलता र मेहनतको परिणाम प्राप्त हुने दिन। जागिरेलाई उच्च अधिकारीबाट प्रशंसा मिल्नेछ। तर, अनावश्यक विवादबाट टाढा रहनुहोस्।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आज नयाँ ज्ञान प्राप्त गर्ने दिन। शैक्षिक तथा अनुसन्धानात्मक क्षेत्रमा प्रगति हुनेछ। आत्मबल बढ्नेछ। तर, घरायसी विवाद आउन सक्ने सम्भावना छ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

पारिवारिक सुख–शान्ति बढ्नेछ। आर्थिक लाभ हुने सम्भावना छ। प्रेम सम्बन्धमा प्रगाढता आउनेछ। नयाँ योजनामा सहभागी भइ भविष्यको लागि राम्रो जग बसाल्न सकिनेछ।

  • Jigyasanepal

थप