Breaking News
गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सार्ने परम्परासँगै चतुर्मास व्रतको शुभारम्भ    ||     सर्वोच्चको परमादेश : अब पशु चिकित्सकले कानुनी रूपमा औषधि सिफारिस गर्न पाउने    ||    

३१ भदौ २०८२, मंगलबारको राशिफल

  •   ११ महिना अघि | ३१ भदौ २०८२, मङ्लबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज नयाँ योजनामा हात हाल्न सकिने दिन हो। साथी–संगतको सहयोग पाइनेछ। व्यापारमा नाफा बढ्ने सम्भावना छ। तर, अनावश्यक खर्चमा नियन्त्रण गर्नु आवश्यक छ।


वृष (इ, उ, ए, ओ, वा, वि, wu, वे, वो)

आफन्त वा मित्रसँग मनमुटाव हुनसक्छ। धैर्यतापूर्वक प्रस्तुत हुनुपर्छ। काममा ढिलाइ भए पनि अन्ततः सफलता मिल्नेछ। स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

शैक्षिक क्षेत्रमा राम्रो प्रगति हुनेछ। अध्ययन–अध्यापनमा मन जानेछ। छोटो यात्राबाट लाभ मिल्नेछ। प्रेम सम्बन्धमा नजिकिँदै जाने दिन।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आर्थिक लाभ हुने दिन हो। पुराना काम बन्नेछन्। पारिवारिक समर्थन मिल्नेछ। तर, स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ, विशेष गरी पेटसम्बन्धी समस्या आउन सक्छ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज महत्त्वपूर्ण निर्णय लिन सकिने समय छ। सामाजिक प्रतिष्ठा बढ्नेछ। व्यापारमा नयाँ अवसर मिल्ने सम्भावना छ। तर, शत्रुपक्ष सक्रिय हुने भएकाले सतर्क रहनुहोस्।


कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

धार्मिक वा सामाजिक कार्यमा संलग्नता बढ्नेछ। दाम्पत्य जीवनमा मिठास छाउनेछ। शारीरिक ऊर्जा बढ्ने दिन। तर, अहंकार नियन्त्रण गर्नु जरुरी छ।


तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज आकस्मिक खर्च बढ्न सक्छ। पारिवारिक काममा व्यस्त रहनुपर्ने दिन। भावनामा आएर निर्णय नगर्नुहोस्। नयाँ अवसर आउन सक्ने भए पनि धैर्य गर्नुपर्छ।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज आत्मबल बढ्नेछ। नयाँ साथी वा सहयोगी भेटिनेछ। वैवाहिक सम्बन्धमा सुधार हुनेछ। व्यापारमा नाफा हुने सम्भावना छ।


धनु (ये, यो, भा, भि, भु, ध, फा, ढा, भे)

धेरै दिनदेखि अड्किएका काम बन्नेछन्। परिवारमा खुसी छाउनेछ। तर, स्वास्थ्यमा सामान्य समस्या आउनसक्छ। फुर्सदिलो समय साथीहरूसँग रमाइलोमा बित्नेछ।


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आफ्नो लगनशीलता र मेहनतको परिणाम प्राप्त हुने दिन। जागिरेलाई उच्च अधिकारीबाट प्रशंसा मिल्नेछ। तर, अनावश्यक विवादबाट टाढा रहनुहोस्।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आज नयाँ ज्ञान प्राप्त गर्ने दिन। शैक्षिक तथा अनुसन्धानात्मक क्षेत्रमा प्रगति हुनेछ। आत्मबल बढ्नेछ। तर, घरायसी विवाद आउन सक्ने सम्भावना छ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

पारिवारिक सुख–शान्ति बढ्नेछ। आर्थिक लाभ हुने सम्भावना छ। प्रेम सम्बन्धमा प्रगाढता आउनेछ। नयाँ योजनामा सहभागी भइ भविष्यको लागि राम्रो जग बसाल्न सकिनेछ।

  • Jigyasanepal

थप