मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज नयाँ अवसरहरू प्राप्त हुनेछ । नोकरी वा व्यवसायमा सहयोगी हात आउन सक्छ । तर, अनावश्यक वादविवादबाट टाढा रहनुहोस् । स्वास्थ्यमा सामान्य कमजोरी देखिन सक्छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आर्थिक लाभको दिन छ । पुराना रोकिएका काम बन्नेछन् । पारिवारिक सद्भाव बढ्नेछ । तर, नजिकका साथी वा आफन्तसँग सानो विवाद हुनसक्छ, शान्त रहनु हितकर हुन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज मानसिक असन्तुलन बढ्न सक्छ । निर्णय गर्न ढिलासुस्ती नहोस्, नत्र अवसर गुम्न सक्छ । पढाइमा राम्रो प्रगति हुनेछ । साथीहरूसँग रमाइलो समय बिताउन सकिनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कर्म क्षेत्रमा सफलता हात लाग्नेछ । पदोन्नति वा सम्मान प्राप्त हुने सम्भावना छ । सामाजिक काममा सहभागी भई मान–प्रतिष्ठा बढ्नेछ । स्वास्थ्यमा सुधार हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अचानक धन लाभ हुने योग छ । घरायसी खर्च बढे पनि मनमा सन्तुष्टि रहनेछ । सवारी साधन वा जमिन सम्बन्धी काम बन्न सक्छ । प्रेम सम्बन्धमा मिठास बढ्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
परिवारमा सामान्य असमझदारी हुनसक्छ । धैर्यले काम लिनुहोस् । आज लगानी गर्दा सोचेर मात्र गर्नुहोस् । विदेश जाने योजना अघि बढ्न सक्छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आर्थिक पक्ष सबल हुनेछ । नयाँ सम्पर्क बढ्नेछ र लाभदायक हुनेछ । पारिवारिक आनन्दको समय बित्नेछ । स्वास्थ्य पक्ष सामान्य राम्रो रहनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज शुभ समाचार सुन्न पाइन सक्छ । आर्थिक लाभ हुनेछ । दाम्पत्य जीवनमा आत्मीयता बढ्नेछ । तर, अत्यधिक मादक पदार्थ सेवन वा रिस नियन्त्रण गर्नुपर्छ ।
धनु (ये, यो, भा, भि, भू, ध, फा, ढा, भे)
कला, साहित्य वा शिक्षामा प्रगति हुने दिन छ । यात्रा गर्दा सावधानी अपनाउनुहोस् । कामकाजमा बाधा आए पनि धैर्यले सामना गर्दा लाभ हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यापार–व्यवसायमा मुनाफा बढ्नेछ । नयाँ सामान खरिद गर्न सकिनेछ । नजिकका साथीबाट सहयोग पाइन सक्छ । स्वास्थ्य सामान्य रहनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज मिहिनेतको राम्रो फल पाउने दिन हो । प्रेम जीवनमा प्रशंसा मिल्नेछ । जागिरमा सरुवा वा नयाँ अवसर प्राप्त हुन सक्छ । तर, अनावश्यक खर्च बढ्न सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आज सन्तानतर्फ खुशीको समाचार आउन सक्छ । पुराना विवाद मिट्नेछन् । धार्मिक कार्यमा सहभागी भइ मन शान्ति प्राप्त हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ ।
-
Jigyasanepal