मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज कार्यक्षेत्रमा व्यस्तता बढ्नेछ। आइसक्रीम, चिया–कफी जस्ता कुरामा खर्च बढ्न सक्छ। सजिलो महसुस भए पनि समय व्यवस्थापन कठीन हुनेछ। साझतिर मनमा खुसी आउने संकेत छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धन प्राप्ति वा रोकिएको रकम फिर्ता हुन सक्छ। पारिवारिक तर्फबाट प्रसन्नता मिल्नेछ। नयाँ वस्त्र वा सामग्री किन्ने योग पनि देखिन्छ। स्वास्थ्य सामान्य रहनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,हा)
आज मान–सम्मान बढ्ने समय छ। तपाईँको बोली र विवेकले काम बनाउन मद्दत गर्नेछ। सामाजिक भेटघाट वा छोटो यात्रा लाभदायक रहनेछ। आत्मविश्वास उच्च हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
खर्च धेरै हुने दिन। मन केही अशान्त हुन सक्छ। अनावश्यक विवादबाट टाढै बस्नु राम्रो हुन्छ। दान–पुण्य तथा धार्मिक कार्यमा रुचि बढ्ने योग छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
लाभदायक काम बन्नेछ। साथीभाइ तथा सहयोगीबाट राम्रो समर्थन प्राप्त हुनेछ। नयाँ कामको सुरुवातका लागि उत्कृष्ट समय। भविष्यप्रति आशावादी बन्ने क्षण आउनेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
पेशा, व्यवसाय वा जागिरमा राम्रो प्रगति देखिन्छ। अधिकारी वर्ग प्रसन्न हुने सम्भावना। सामाजिक मर्यादा बढ्नेछ। परिवारमा खुसी छाउनेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति,तु, ते)
भाग्यले साथ दिने दिन। यात्रा, परीक्षा, अध्ययन वा विदेशी कार्यमा शुभ संकेत। आध्यात्मिकता तथा दर्शनप्रति रुचि बढ्नेछ। मन हल्का र प्रसन्न रहनेछ।
वृश्चिक (तो, न, नि, नु, ने, नो, या, यि, यु)
धन तथा प्रेम दुवैमा उतारचढाव देखिन्छ। गोप्य कुरा सुरक्षित राख्नु हितकर। स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ। धैर्यले काम बनाउने दिन।
धनु (ये, यो, भा, भि, भु, ध, फा, ढा, भे)
दाम्पत्य तथा साझेदारी सम्बन्धमा मिठास बढ्नेछ। नयाँ सहकार्य वा सम्झौता लाभदायक। घर–परिवारमा खुसी र शान्तिको वातावरण। प्रतिष्ठा बढ्ने संकेत।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
काममा धेरै जिम्मेवारी आउनेछ। स्वास्थ्यमा सानो कमजोरी महसुस हुनसक्छ। नियमितता र धैर्य आवश्यक। अरूका समस्या सुल्झाउनुपर्ने दिन।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मन रमाइला कामतिर आकृष्ट हुनेछ। प्रेम, मनोरञ्जन र सिर्जनात्मकता बढ्नेछ। विद्यार्थी तथा कलाकारलाई विशेष लाभ। दाम–प्रतिष्ठा दुवैमा वृद्धि।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, ची)
घर–परिवारमा महत्वपूर्ण काम बन्नेछ। सम्पत्ति वा जमिन सम्बन्धी विषयमा प्रगति। पारिवारिक निर्णयमा तपाईँको विचार महत्त्वपूर्ण हुनेछ। मन शान्त र सन्तुष्ट रहनेछ।
-
Jigyasanepal