♈ मेष (Aries)
आजको दिन आत्मविश्वास र जोशले भरिएको रहनेछ। अघिका अपूरा काम पूरा हुनेछन्। प्रेम र पारिवारिक जीवनमा मिठास छाउनेछ। आर्थिक लाभका सम्भावना प्रबल छन्।
♉ वृष (Taurus)
दिनको सुरुवात सामान्य भए पनि अन्त्यमा सन्तोषजनक परिणाम मिल्नेछ। कार्यक्षेत्रमा तपाईँको निर्णयप्रति सबै प्रभावित हुनेछन्। तर, खर्चमा संयम अपनाउनु बुद्धिमानी हुनेछ।
♊ मिथुन (Gemini)
नयाँ योजना र अवसरको संकेत छ। अध्ययन, व्यापार वा यात्रामा राम्रो सफलता मिल्ने सम्भावना छ। प्रेम सम्बन्धमा संवाद बढाउनु आवश्यक हुनेछ।
♋ कर्कट (Cancer)
परिवार र भावना आजको केन्द्रबिन्दु बन्नेछ। पुराना सम्झना मनमा आइरहनेछन्। आर्थिक पक्ष मध्यम रहला तर स्वास्थ्यमा ध्यान दिनुहोस्, थकान बढ्न सक्छ।
♌ सिंह (Leo)
सिंह राशिका लागि आत्मबल र नेतृत्व क्षमताको परीक्षा हुने दिन हो। कार्यालय वा समूहमा तपाईँको विचार मान्यता पाउनेछन्। प्रेममा नयाँ ऊर्जा अनुभव हुनेछ।
♍ कन्या (Virgo)
आज आत्मअनुशासन र धैर्यको आवश्यकता छ। सानो गल्तीले ठूलो असर पार्न सक्छ। स्वास्थ्यमा सर्तक रहनुहोस्। परिवारको साथ र सहयोगले आत्मबल मिल्नेछ।
♎ तुला (Libra)
सौन्दर्य र सन्तुलनप्रेमी तुला राशिका लागि आज शुभ दिन हो। नयाँ मानिससँग चिनजान हुन सक्छ। आर्थिक लाभ र यात्रा सम्भव छ। प्रेममा मधुरता रहनेछ।
♏ वृश्चिक (Scorpio)
आफ्ना रहस्य र योजना गोप्य राख्नुहोस्। अरूका कुरा सुन्नु भन्दा आफ्ना काममा ध्यान दिनुहोस्। आर्थिक लाभको अवसर आउन सक्छ तर जोखिम नलिनुहोस्।
♐ धनु (Sagittarius)
आफ्नो लक्ष्यप्रति केन्द्रित रहन सक्नुहुन्छ भने ठूलो सफलता हात लाग्नेछ। पुराना मित्र वा नातेदारसँग भेटघाट हुनेछ। शुभ कार्यको योजना बन्ने संकेत छ।
♑ मकर (Capricorn)
व्यावसायिक प्रगति र सम्मान प्राप्तिको सम्भावना छ। पारिवारिक जिम्मेवारी बढ्नेछ। स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ। धैर्य र योजना आवश्यक छ।
♒ कुम्भ (Aquarius)
कला, लेखन वा अनुसन्धानमा संलग्न कुम्भ जातकका लागि दिन अत्यन्त सृजनशील छ। नयाँ विचारहरूलाई मूर्तरूप दिन अनुकूल समय हो। प्रेममा आत्मीयता बढ्नेछ।
♓ मीन (Pisces)
भावनात्मक उतारचढावको दिन हुन सक्छ। निर्णय लिनमा हतार नगर्नुहोस्। धार्मिक वा आध्यात्मिक गतिविधिमा मन आकर्षित हुनेछ। साझेदारीका काममा लाभ मिल्नेछ।
-
Jigyasanepal