मेष (Aries)
आज आत्मबल र उत्साह बढ्नेछ। नयाँ कार्यमा अवसर मिल्नेछ। पारिवारिक सहयोग पाउनुहुनेछ। स्वास्थ्यमा सामान्य सुधार हुनेछ।
वृष (Taurus)
सकारात्मक सोचका कारण अघिपछि रोकिएका काम अगाडि बढ्नेछन्। आर्थिक लाभ हुने सम्भावना छ। प्रियजनसँग नजिकिन सकिने दिन हो।
मिथुन (Gemini)
व्यापार व्यवसायमा राम्रो प्रगति हुने संकेत छन्। तर, विवाद र प्रतिस्पर्धाबाट बच्नुपर्नेछ। सामाजिक कार्यमा मान–प्रतिष्ठा बढ्नेछ।
कर्कट (Cancer)
आजको दिन व्यावसायिक दृष्टिले लाभदायी छ। परिवारभित्र खुसी मिल्नेछ। काममा व्यस्त भए पनि मन प्रसन्न रहनेछ।
सिंह (Leo)
धेरै सोचेर मात्रै काम अघि बढाउनुहोला। अनावश्यक खर्च बढ्ने देखिन्छ। तर, मिहिनेतले नयाँ अवसर दिलाउने दिन पनि हो।
कन्या (Virgo)
सहयोगी र साथीहरूको साथ मिल्नेछ। आज घर परिवारमा रमाइलो हुने सम्भावना छ। लामो समयदेखि रोकिएको काम पूरा हुने दिन हो।
तुला (Libra)
काममा अपेक्षा अनुसारको परिणाम नआउला। धैर्य गर्नुपर्नेछ। तर, दिउँसोदेखि आर्थिक पक्ष बलियो बन्ने देखिन्छ। प्रेम जीवनमा मधुरता छाउनेछ।
वृश्चिक (Scorpio)
आज चुनौतीका बीचमा पनि अवसर प्राप्त हुनेछ। नेतृत्व क्षमताले सबैलाई प्रभावित पार्नेछ। सानो यात्राबाट लाभ मिल्ने सम्भावना छ।
धनु (Sagittarius)
नयाँ ज्ञान सिक्ने अवसर आउन सक्छ। अध्ययन, अध्यापन र अनुसन्धानका लागि उपयुक्त दिन हो। तर, खर्च नियन्त्रण गर्नुहोला।
मकर (Capricorn)
साझेदारीमा काम गर्दा विशेष लाभ हुनेछ। धन लाभ हुने संभावना छ। पारिवारिक जिम्मेवारी पूरा गर्ने अवसर मिल्नेछ।
कुम्भ (Aquarius)
व्यावसायिक क्षेत्रमा महत्वपूर्ण निर्णय लिनुपर्नेछ। स्वास्थ्यप्रति ध्यान दिन आवश्यक छ। तर, शुभचिन्तकहरूको साथले आत्मविश्वास बढ्नेछ।
मीन (Pisces)
आज धार्मिक र आध्यात्मिक कार्यमा रुचि बढ्नेछ। यात्राबाट लाभ मिल्ने संकेत छ। प्रेम सम्बन्ध प्रगाढ बन्नेछ।
-
Jigyasanepal