Breaking News
बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||     आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, बुधबारदेखि देशभर वर्षा हुन सक्ने    ||     बुधबारदेखि नेपालमा वर्षा गराउन सक्ने मौसमी प्रणाली सक्रिय हुने सम्भावना    ||    

लिपुलेक विवादमा भारतको जवाफ: ‘पुरानो मार्ग, नयाँ विषय होइन’

  •   ६ महिना अघि | २१ बैशाख २०८३, सोमवार

काठमाडौं, बैशाख २१ (सोमबार) — नेपाल सरकारले लिपुलेक हुँदै भारत–चीन आवतजावत खुला गरिएको विषयमा कुटनीतिक नोट पठाएपछि भारतले औपचारिक प्रतिक्रिया दिएको छ। भारतले उक्त मार्ग नयाँ नभई लामो समयदेखि प्रयोग हुँदै आएको “पुरानो मार्ग” भएको दाबी गरेको छ।

चीन र भारतले लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा पुनः सञ्चालनमा ल्याएपछि नेपाल सरकारले आइतबार ध्यानाकर्षण जनाउँदै असहमति व्यक्त गरेको थियो। सोही विषयमा प्रतिक्रिया दिँदै भारतको विदेश मन्त्रालयका प्रवक्ता रन्धिर जैसवाल ले भारतको धारणा “स्पष्ट र स्थिर” रहेको बताएका छन्।

उनका अनुसार लिपुलेक पास हुँदै जाने कैलाश मानसरोवर यात्रा सन् १९५४ देखि निरन्तर सञ्चालनमा रहेको पुरानो मार्ग हो, जसलाई नयाँ विषयका रूपमा उठाइनु उपयुक्त नहुने भारतको तर्क छ।

भारतले नेपालका केही भू-भागसम्बन्धी दाबीहरू ऐतिहासिक प्रमाणमा आधारित नभएको उल्लेख गर्दै त्यस्ता एकतर्फी दाबी अस्वीकार्य रहेको स्पष्ट पारेको छ। यद्यपि, सीमा विवाद लगायतका द्विपक्षीय मुद्दाहरू समाधान गर्न संवाद र कूटनीतिक माध्यमबाट रचनात्मक छलफल गर्न भारत तयार रहेको पनि जनाएको छ।

यसअघि आइतबार साँझ नेपालको परराष्ट्र मन्त्रालय ले ६ बुँदे प्रेस नोट जारी गर्दै नेपालको भूमि प्रयोग गरी सञ्चालन गरिएको उक्त मार्गप्रति आपत्ति जनाउँदै कूटनीतिक नोट पठाएको थियो।

लिपुलेक क्षेत्रसँग जोडिएको यो विषयले नेपाल–भारत सम्बन्धमा पुनः संवेदनशीलता थपेको छ भने आगामी दिनमा कूटनीतिक संवाद कसरी अघि बढ्छ भन्ने चासो बढेको छ।

  • Jigyasanepal

थप