Breaking News
लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सार्ने परम्परासँगै चतुर्मास व्रतको शुभारम्भ    ||     सर्वोच्चको परमादेश : अब पशु चिकित्सकले कानुनी रूपमा औषधि सिफारिस गर्न पाउने    ||     नेपाली कम्युनिस्ट आन्दोलनका अग्रदूत पुष्पलालको ४८औँ स्मृति दिवस आज    ||     वाग्मतीसहित चार प्रदेशमा आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||    

लिपुलेक विवादमा भारतको जवाफ: ‘पुरानो मार्ग, नयाँ विषय होइन’

  •   ३ महिना अघि | २१ बैशाख २०८३, सोमवार

काठमाडौं, बैशाख २१ (सोमबार) — नेपाल सरकारले लिपुलेक हुँदै भारत–चीन आवतजावत खुला गरिएको विषयमा कुटनीतिक नोट पठाएपछि भारतले औपचारिक प्रतिक्रिया दिएको छ। भारतले उक्त मार्ग नयाँ नभई लामो समयदेखि प्रयोग हुँदै आएको “पुरानो मार्ग” भएको दाबी गरेको छ।

चीन र भारतले लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा पुनः सञ्चालनमा ल्याएपछि नेपाल सरकारले आइतबार ध्यानाकर्षण जनाउँदै असहमति व्यक्त गरेको थियो। सोही विषयमा प्रतिक्रिया दिँदै भारतको विदेश मन्त्रालयका प्रवक्ता रन्धिर जैसवाल ले भारतको धारणा “स्पष्ट र स्थिर” रहेको बताएका छन्।

उनका अनुसार लिपुलेक पास हुँदै जाने कैलाश मानसरोवर यात्रा सन् १९५४ देखि निरन्तर सञ्चालनमा रहेको पुरानो मार्ग हो, जसलाई नयाँ विषयका रूपमा उठाइनु उपयुक्त नहुने भारतको तर्क छ।

भारतले नेपालका केही भू-भागसम्बन्धी दाबीहरू ऐतिहासिक प्रमाणमा आधारित नभएको उल्लेख गर्दै त्यस्ता एकतर्फी दाबी अस्वीकार्य रहेको स्पष्ट पारेको छ। यद्यपि, सीमा विवाद लगायतका द्विपक्षीय मुद्दाहरू समाधान गर्न संवाद र कूटनीतिक माध्यमबाट रचनात्मक छलफल गर्न भारत तयार रहेको पनि जनाएको छ।

यसअघि आइतबार साँझ नेपालको परराष्ट्र मन्त्रालय ले ६ बुँदे प्रेस नोट जारी गर्दै नेपालको भूमि प्रयोग गरी सञ्चालन गरिएको उक्त मार्गप्रति आपत्ति जनाउँदै कूटनीतिक नोट पठाएको थियो।

लिपुलेक क्षेत्रसँग जोडिएको यो विषयले नेपाल–भारत सम्बन्धमा पुनः संवेदनशीलता थपेको छ भने आगामी दिनमा कूटनीतिक संवाद कसरी अघि बढ्छ भन्ने चासो बढेको छ।

  • Jigyasanepal

थप