Breaking News
बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||     आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, बुधबारदेखि देशभर वर्षा हुन सक्ने    ||     बुधबारदेखि नेपालमा वर्षा गराउन सक्ने मौसमी प्रणाली सक्रिय हुने सम्भावना    ||    

जंगली भ्याकुर खाँदा एक जनाको मृत्यु, आठ जना अस्पतालमा

  •   ५ महिना अघि | ४ जेष्ठ २०८३, सोमवार

बागलुङ, जेठ ४ — बागलुङमा जंगलमा पाइने जंगली कन्दमूल ‘भ्याकुर’ खाँदा एक वृद्धाको मृत्यु भएको छ भने आठ जना बिरामी परेका छन्।

बडिगाड गाउँपालिका–५ खाराबजारकी ७२ वर्षीया फिरककुमारी घिमिरेको जंगली भ्याकुर सेवनपछि मृत्यु भएको प्रहरीले जनाएको छ। स्थानीय भोजराज घिमिरेको घरमा पकाइएको उक्त कन्दमूल खाएपछि एकै गाउँका अन्य आठ जनासमेत बिरामी परेका हुन्।

बिरामी परेकाहरूमा दुरपती कामी, विष्णु घिमिरे, शारदा न्यौपाने, अबिसन घिमिरे, भोजराज घिमिरे, सुरेन्द्र विक, पुतली घिमिरे र खिमानन्द घिमिरे रहेका छन्। उनीहरूलाई उपचारका लागि बुर्तिबाङ अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी चिरञ्जीवी अधिकारीले जानकारी दिए।

पीडितहरूले भ्याकुर खाएपछि चक्कर लाग्ने, हातखुट्टा लुलो हुने, वान्ता हुनेलगायत समस्या देखिएको बताएका छन्। उपचाररत अधिकांशको अवस्था सुधारोन्मुख रहेको जनाइएको छ।

प्रहरीका अनुसार जंगलमा पाइने कतिपय कन्दमूल विषालु हुने भएकाले पहिचानबिनै सेवन गर्दा गम्भीर स्वास्थ्य समस्या निम्तिन सक्छ। घटनापछि स्थानीय प्रशासनले जंगली कन्दमूल तथा च्याउजस्ता खाद्य वस्तु सावधानीबिना प्रयोग नगर्न आग्रह गरेको छ।

पछिल्ला दिनहरूमा देशका विभिन्न जिल्लामा जंगली च्याउ र कन्दमूल खाँदा बिरामी पर्ने तथा मृत्यु हुने घटना बढिरहेका छन्। स्वास्थ्यकर्मीहरूले विशेषगरी वर्षायाम सुरु हुनुअघि जंगलमा उम्रिने अपरिचित वनस्पति सेवन नगर्न चेतावनी दिएका छन्।

  • Jigyasanepal

थप