Breaking News
ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||    

२५ चैत्र २०८१, सोमबार – दैनिक राशिफल

  •   १ वर्ष अघि | २५ चैत्र २०८१, सोमवार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

धन लाभको संकेत छ। पारिवारिक वातावरणमा शान्ति छाउनेछ। नयाँ काममा हात हाल्न शुभ समय छ।


वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

विचारमा द्विविधा देखिन सक्छ। खर्च बढ्ने सम्भावना छ, तर आत्मबल उच्च रहँदा निर्णय क्षमतामा सुधार आउनेछ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

सहयोगीको साथले अधुरो काम पूरा हुनेछ। प्रेम सम्बन्धमा मिठास आउन सक्छ। यात्रामा लाभ मिल्नेछ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

पद प्रतिष्ठा बढ्ने समय हो। घरमा शुभ कार्यको चर्चा चल्न सक्छ। आत्मविश्वासले सफलता दिलाउनेछ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

विद्यार्थी तथा अनुसन्धानमा लागेकाहरूलाई सफलता मिल्नेछ। धार्मिक र सामाजिक क्षेत्रमा आकर्षण बढ्नेछ।


कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

धनको लेनदेनमा सतर्कता अपनाउनुहोला। मनमा अल्छीपनले प्रभाव पार्न सक्छ। परिवारमा थोरै मनमुटाव देखिन सक्छ।


तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

व्यापारिक क्षेत्रमा लाभ मिल्नेछ। प्रेम र सम्बन्धमा सुधार आउनेछ। शुभ समाचार सुन्ने सम्भावना छ।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

कामको चाप बढ्न सक्छ। स्वास्थ्यमा अलि ध्यान दिनुहोला। तर, मेहनत अनुसार परिणाम पाइनेछ।


धनु (ये, यो, भा, भि, भू, ध, फा, ढ, भे)

सृजनात्मक कार्यमा रुचि बढ्नेछ। कला, साहित्य वा मिडिया क्षेत्रमा लागेकाहरूको नाम बढ्नेछ।


मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे)

आर्थिक लाभको राम्रो योग छ। घरमा अतिथिको आगमन हुनसक्छ। प्रतिष्ठामा वृद्धि हुनेछ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

सञ्चार र प्रविधि क्षेत्रका व्यक्तिहरूलाई फाइदा हुनेछ। साथीभाइसँग भेटघाटले खुशी दिनेछ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आफन्तबाट सल्लाह सुझाव मिल्नेछ। मानसिक शान्ति मिल्नेछ। खर्च बढे पनि आत्मसन्तोष प्राप्त हुनेछ।



शुभ दिन ।


  • Jigyasa media

थप