मेष (Aries) (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
नयाँ काम गर्ने अवसर मिल्नेछ। व्यापारमा लाभ हुनेछ। मान-सम्मान बढ्नेछ। तर, रिस र उत्तेजनालाई नियन्त्रण गर्नुपर्छ।
वृष (Taurus) (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
बौद्धिक क्षमताको राम्रो उपयोग गर्न सकिनेछ। यात्रा सफल हुनेछ। तर, घरायसी विवादले मन खिन्न बनाउन सक्छ।
मिथुन (Gemini) (क, कि, कु, घ, ङ, छ, के, को, हा)
अरूको आश्वासनमा भर नपर्नुहोस्। आर्थिक कारोबारमा सतर्कता अपनाउनुहोस्। पारिवारिक सुख प्राप्त हुनेछ।
कर्कट (Cancer) (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पुराना समस्या हल हुनेछन्। सन्तान सुख प्राप्त हुनेछ। तर, भावनामा बहकिएर निर्णय नलिनुहोला।
सिंह (Leo) (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ कामको सुरुवातका लागि राम्रो दिन छ। आत्मविश्वास बढ्नेछ। प्रेम सम्बन्धमा सुधार आउनेछ।
कन्या (Virgo) (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
काममा बाधा आउन सक्छ। साथीभाइसँग मनमुटाव हुनसक्छ। तर, साँझपख सुखद समाचार सुन्न पाइनेछ।
तुला (Libra) (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
बुद्धिमानीपूर्वक काम गर्दा फाइदा हुनेछ। मान्यजनको आशीर्वादले सफलता मिल्नेछ। झुठा आरोपबाट जोगिनुहोला।
वृश्चिक (Scorpio) (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
परिश्रम गर्दा लाभ हुनेछ। स्वास्थ्य राम्रो रहनेछ। तर, अरूका गोप्य कुरामा चासो दिनु समस्याको कारण बन्न सक्छ।
धनु (Sagittarius) (ये, यो, भा, भि, भू, धा, फा, ढा, भे)
मित्रजनबाट सहयोग पाइनेछ। आर्थिक स्थिति बलियो हुनेछ। तर, अनावश्यक यात्राबाट बच्नुहोस्।
मकर (Capricorn) (भो,जा, जि, खि, खु, खे, खो, गा, गि)
पारिवारिक वातावरण सुखद रहनेछ। नसोचेको धन प्राप्तिको योग छ। प्रेम सम्बन्धमा सकारात्मकता आउँनेछ।
कुम्भ (Aquarius) (गु, गे, गो, सा, सि, सु, से, सो, द)
विद्यार्थीका लागि सफलता प्राप्त हुने दिन। नयाँ अवसरको खोजी हुनेछ। तर, खानपानमा ध्यान दिनुहोस्।
मीन (Pisces) (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
काममा मन नलाग्ने अवस्था आउन सक्छ। प्रेम सम्बन्धमा उतारचढाव हुनसक्छ। तर, साँझमा मन प्रसन्न हुने खबर प्राप्त हुनेछ।
शुभ दिन ।
- Jigyasa media