🔯 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज पारिवारिक साथ सहयोग मिल्नेछ। आत्मविश्वास बढ्नेछ। आर्थिक काममा सुधार देखिन्छ। यात्रामा सावधानी अपनाउनुहोस्।
शुभ रंग: रातो | शुभ अंक: ७
🔯 वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अहिलेसम्म अड्किएका काम बन्न सक्छन्। तर, मनमा द्विविधा रहने सम्भावना छ। खर्चमा नियन्त्रण गर्नु उपयुक्त हुन्छ।
शुभ रंग: सेतो | शुभ अंक: ४
🔯 मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नयाँ योजना बनाउने समय हो। मित्रजनसँग सम्बन्ध प्रगाढ हुनेछ। प्रेम सम्बन्धमा प्रगति होला। सामाजिक कार्यमा सफलता पाउन सकिन्छ।
शुभ रंग: हरियो | शुभ अंक: ५
🔯 कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पारिवारिक विषयले अलमल्याउन सक्छ। सानातिना स्वास्थ्य समस्या देखिन सक्छ। खर्च बढ्नेछ। धैर्य राखेर काम गर्नु उचित हुन्छ।
शुभ रंग: नीलो | शुभ अंक: २
🔯 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आजको दिन शुभ छ। पदप्रतिष्ठा बढ्ने सम्भावना छ। मन प्रसन्न रहनेछ। अध्ययन र प्रतियोगितामा सफलता मिल्न सक्छ।
शुभ रंग: सुन्तला | शुभ अंक: ६
🔯 कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
काममा ढिलासुस्ती देखिए पनि प्रयास गरेमा सफलता पाउन सकिन्छ। घरपरिवारमा नयाँ जिम्मेवारी आउन सक्छ। ध्यानमा केन्द्रित हुनुहोस।
शुभ रंग: खैरो | शुभ अंक: ८
🔯 तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
अधिकार र अवसरको दिन हो। बोली र व्यवहारले मान–सम्मान बढ्नेछ। धार्मिक वा सामाजिक कार्यक्रममा सहभागी हुने समय पनि छ।
शुभ रंग: गुलाबी | शुभ अंक: १
🔯 वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
स्वास्थ्यमा सुधार आउनेछ। वैदेशिक सम्पर्क बढ्नेछ। तर, वाणीमा नियन्त्रण गर्न नसक्दा विवादको सम्भावना रहन्छ।
शुभ रंग: बैजनी | शुभ अंक: ७
🔯 धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
बाहिरी व्यस्तता बढ्नेछ। खर्च बढे पनि महत्वपूणर् काममा लगानी फाइदाजनक हुनेछ। साथीभाइको सहयोग पाइनेछ।
शुभ रंग: पहेँलो | शुभ अंक: ५
🔯 मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
दबाबपूर्ण जिम्मेवारी थपिन सक्छ। बोल्दा वा लेख्दा गल्ती हुन सक्छ, सतर्क रहनुहोस। घरपरिवारमा समर्थन प्राप्त होला।
शुभ रंग: नीलो | शुभ अंक: ६
🔯 कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
प्रेम र सम्बन्धमा प्रगाढता आउनेछ। शुभ समाचार सुन्न पाइनेछ। शैक्षिक वा रचनात्मक काममा ध्यान केन्द्रित हुनेछ।
शुभ रंग: फुस्रो | शुभ अंक: ९
🔯 मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
शारीरिक थकान हुन सक्छ। घरायसी विषयमा केही तनाव आउन सक्छ। तर, मनोबल उच्च रहनाले समस्याको समाधान निकाल्न सकिनेछ।
शुभ रंग: खरानी | शुभ अंक: ०
-
Jigyasanepal