Breaking News
बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||     आज हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, बुधबारदेखि देशभर वर्षा हुन सक्ने    ||     बुधबारदेखि नेपालमा वर्षा गराउन सक्ने मौसमी प्रणाली सक्रिय हुने सम्भावना    ||    

असार २२ गते आईतबार २०८२ को राशीफल हेर्नुहोस्

  •   १ वर्ष अघि | २१ असार २०८२, शनिबार

🔯 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज पारिवारिक साथ सहयोग मिल्नेछ। आत्मविश्वास बढ्नेछ। आर्थिक काममा सुधार देखिन्छ। यात्रामा सावधानी अपनाउनुहोस्।

शुभ रंग: रातो | शुभ अंक: ७

🔯 वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

अहिलेसम्म अड्किएका काम बन्न सक्छन्। तर, मनमा द्विविधा रहने सम्भावना छ। खर्चमा नियन्त्रण गर्नु उपयुक्त हुन्छ।

शुभ रंग: सेतो | शुभ अंक: ४


🔯 मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

नयाँ योजना बनाउने समय हो। मित्रजनसँग सम्बन्ध प्रगाढ हुनेछ। प्रेम सम्बन्धमा प्रगति होला। सामाजिक कार्यमा सफलता पाउन सकिन्छ।

शुभ रंग: हरियो | शुभ अंक: ५

🔯 कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

पारिवारिक विषयले अलमल्याउन सक्छ। सानातिना स्वास्थ्य समस्या देखिन सक्छ। खर्च बढ्नेछ। धैर्य राखेर काम गर्नु उचित हुन्छ।

शुभ रंग: नीलो | शुभ अंक: २


🔯 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आजको दिन शुभ छ। पदप्रतिष्ठा बढ्ने सम्भावना छ। मन प्रसन्न रहनेछ। अध्ययन र प्रतियोगितामा सफलता मिल्न सक्छ।

शुभ रंग: सुन्तला | शुभ अंक: ६


🔯 कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

काममा ढिलासुस्ती देखिए पनि प्रयास गरेमा सफलता पाउन सकिन्छ। घरपरिवारमा नयाँ जिम्मेवारी आउन सक्छ। ध्यानमा केन्द्रित हुनुहोस।

शुभ रंग: खैरो | शुभ अंक: ८


🔯 तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

अधिकार र अवसरको दिन हो। बोली र व्यवहारले मान–सम्मान बढ्नेछ। धार्मिक वा सामाजिक कार्यक्रममा सहभागी हुने समय पनि छ।

शुभ रंग: गुलाबी | शुभ अंक: १


🔯 वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

स्वास्थ्यमा सुधार आउनेछ। वैदेशिक सम्पर्क बढ्नेछ। तर, वाणीमा नियन्त्रण गर्न नसक्दा विवादको सम्भावना रहन्छ।

शुभ रंग: बैजनी | शुभ अंक: ७


🔯 धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

बाहिरी व्यस्तता बढ्नेछ। खर्च बढे पनि महत्वपूणर् काममा लगानी फाइदाजनक हुनेछ। साथीभाइको सहयोग पाइनेछ।

शुभ रंग: पहेँलो | शुभ अंक: ५


🔯 मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

दबाबपूर्ण जिम्मेवारी थपिन सक्छ। बोल्दा वा लेख्दा गल्ती हुन सक्छ, सतर्क रहनुहोस। घरपरिवारमा समर्थन प्राप्त होला।

शुभ रंग: नीलो | शुभ अंक: ६


🔯 कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

प्रेम र सम्बन्धमा प्रगाढता आउनेछ। शुभ समाचार सुन्न पाइनेछ। शैक्षिक वा रचनात्मक काममा ध्यान केन्द्रित हुनेछ।

शुभ रंग: फुस्रो | शुभ अंक: ९


🔯 मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

शारीरिक थकान हुन सक्छ। घरायसी विषयमा केही तनाव आउन सक्छ। तर, मनोबल उच्च रहनाले समस्याको समाधान निकाल्न सकिनेछ।

शुभ रंग: खरानी | शुभ अंक: ०


  • Jigyasanepal

थप