काठमाण्डौ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):
आजको दिन तपाईंको लागि मध्यम फलदायी हुनेछ। कार्य क्षेत्रमा ध्यान पुर्याउनुपर्छ। स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):
नयाँ योजना सुरु गर्न अनुकूल समय छ। परिवारिक वातावरण राम्रो रहन्छ। व्यापारमा नाफा बढ्ने सम्भावना छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह):
आजको दिन तपाईंलाई चुनौतीपूर्ण लाग्न सक्छ। संयम राख्नुहोस् र धैर्यपूर्वक काम गर्नुहोस्। अध्ययनमा ध्यान दिनुहोस्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):
सामाजिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। धनको मामिलामा सजग रहनुहोस्। सानातिना यात्राको सम्भावना छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):
प्रेम सम्बन्धमा सुधार आउनेछ। आर्थिक लाभ हुनेछ। व्यापारमा मुनाफा हुनेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो):
नयाँ कार्यमा हात हाल्न सकिनेछ। स्वास्थ्य राम्रो रहनेछ। परिवारिक सुख शान्ति मिल्नेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते):
आत्मविश्वासमा वृद्धि हुनेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ। व्यवसायमा प्रगति हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):
तपाईंको मनोबल उच्च रहनेछ। पारिवारिक जीवनमा सुख शान्ति मिल्नेछ। आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढ, भे):
आजको दिन तपाईको लागि सामान्य रहनेछ। खर्च बढ्न सक्छ। ध्यान दिनुपर्ने कुरा छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):
धेरै समयदेखि रोकिएको कार्य पूरा हुनेछ। आर्थिक लाभ हुनेछ। साथीहरूसँगको सम्बन्ध राम्रो रहनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द):
प्रेम सम्बन्धमा सुधार हुनेछ। अध्ययनमा सफलता मिल्नेछ। वैदेशिक यात्राको सम्भावना छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):
तपाईंको रचनात्मक क्षमतामा बृद्धि हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ। आर्थिक स्थिति बलियो हुनेछ।
राशिफल केवल सम्भावित घटनाहरूको संकेत हो, यो नै तपाईंको भबिस्य भने होइन तसर्थ कुनै पनि महत्त्वपूर्ण निर्णय लिनुअघि यथार्थमा आधार बनाएर सोचविचार गर्नुहोस्। तपाईंको भबिस्य तपाईंको कर्ममा छ । तसर्थ पाठकवृन्द तपाईंको आजको दिन शुभ बितोस् शुभ दिन।
- Jigyasa media