Breaking News
ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||    

२०८२ साल वैशाख १ गते, सोमबारको राशिफल:

  •   १ वर्ष अघि | १ बैशाख २०८२, सोमवार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

नयाँ कामको थालनीमा सफलता मिल्नेछ। आत्मबल र आत्मविश्वासमा वृद्धि हुनेछ। वरिष्ठको साथले उर्जा मिल्नेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

नयाँ वर्षको पहिलो दिनमा महत्वपूर्ण निर्णय नलिनु उत्तम। घरपरिवारमा सानो झैझगडाले मन खिन्न हुन सक्छ। संयमता अपनाउनुहोस्।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

व्यवसायिक लाभको सम्भावना उच्च छ। सामाजिक क्षेत्र वा सहकार्यमा राम्रो अवसर पाइनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

नयाँ योजना बनाउन अनुकूल समय छ। यश, प्रतिष्ठा र पद पाउने योग। सरकारी कार्यमा सफलता मिल्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

शुभ समाचार सुन्न पाइनेछ। यात्रा वा बाह्य सम्पर्कबाट फाइदा हुने दिन। प्रेममा प्रगाढता आउन सक्छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

श्रमको उचित मूल्य पाउने दिन हो। पारिवारिक साथले मन प्रसन्न रहनेछ। नयाँ साथी भेटिने सम्भावना।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

दाम्पत्य सम्बन्धमा तिक्तता आउन सक्छ, तर धैर्यले समाधान पाइनेछ। मुद्धा मामिलामा सतर्क रहनुहोस्।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

स्वास्थ्यमा सुधार आउनेछ। नयाँ योजना कार्यान्वयन गर्न अनुकूल समय। विश्वासिलो व्यक्तिबाट सहयोग मिल्नेछ।

धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)

आर्थिक पक्ष सुदृढ बन्नेछ। नयाँ सम्पर्क र सम्बन्धले फाइदा दिलाउनेछ। प्रेम सम्बन्धमा मिठास बढ्नेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

कार्यभारमा सफलता मिल्नेछ। अधिकारी वर्गबाट सहयोग प्राप्त हुनेछ। सामाजिक कार्यमा ख्याति बढ्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

दाम्पत्य सम्बन्धमा सम्हालिएर बोल्नु उपयुक्त हुनेछ। नयाँ सम्पत्ति प्राप्तिको योग देखिन्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

व्यापार व्यवसायमा मन्दी आउने संकेत छ। पुराना साथी वा परिवारको सल्लाह आवश्यक पर्न सक्छ। धैर्य र लगन आवश्यक।

नयाँ वर्षले नयाँ ऊर्जा, प्रेरणा र परिवर्तन ल्याओस्।

हामी सबैको जीवनमा उज्यालो र समृद्धिको उज्यालो फैलियोस्।  शुभकामना — जिज्ञासा नेपाल।

  • Jigyasa media

थप