Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

नेपालतर्फ फेरि सर्‍यो मनसुनको न्यूनचापीय रेखा, वर्षा अझै बढ्न सक्ने

  •   ३ हप्ता अघि | ६ भदौ २०८३, शनिबार

काठमाडौँ — मनसुनको न्यूनचापीय रेखा फेरि नेपालतर्फ नजिकिएसँगै देशका विभिन्न भूभागमा वर्षाको गतिविधि बढ्ने संकेत देखिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यूनचापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरतिर सरेको छ। पूर्वतर्फ भने यो रेखा अझै सरदर स्थान आसपासमै रहेको छ।

न्यूनचापीय रेखा नेपालतर्फ नजिकिँदा मनसुनी गतिविधि सक्रिय हुने र वर्षाको क्रम बढ्न सक्ने मौसमविद्हरूले बताएका छन्।

दिउँसो कहाँ–कहाँ वर्षा?

आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

यसैगरी, देशका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

राति पनि वर्षाको सम्भावना

राति देशभर सामान्यतया बदली रहनेछ। कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ।

कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही तथा कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।

त्यस्तै, मधेस तथा कोसी, वाग्मती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थान एवं लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।

राति वाग्मती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभाग एवं कोसी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

काठमाडौँ उपत्यकामा फेरि पानी पर्न सक्ने

काठमाडौँ उपत्यकामा गएरातिदेखि वर्षा भइरहेको छ। मौसमविद् बिनु महर्जनका अनुसार उपत्यकामा पानी पर्ने, रोकिने र फेरि वर्षा हुने क्रम चलिरहेको छ।

हाल केही समय वर्षा रोकिए पनि दिउँसो पुनः मध्यम वर्षा हुन सक्ने उनले बताएकी छन्।

मौसमको भाषामा ‘हल्का’, ‘मध्यम’ र ‘भारी’ वर्षा कति?

मौसमविद्का अनुसार २४ घण्टामा परेको वर्षाको मात्राका आधारमा वर्षालाई विभिन्न श्रेणीमा विभाजन गरिन्छ।

हल्का वर्षा: १० मिलिमिटरभन्दा कम

मध्यम वर्षा: १० देखि ५० मिलिमिटरभन्दा कम

भारी वर्षा: ५० देखि १०० मिलिमिटरभन्दा कम

धेरै भारी वर्षा: १०० देखि २०० मिलिमिटरभन्दा कम

अति भारी वर्षा: २०० मिलिमिटरभन्दा बढी

‘एक–दुई’, ‘थोरै’, ‘केही’ र ‘धेरै स्थान’ भन्नाले के?

मौसम पूर्वानुमानमा प्रयोग हुने यी शब्दले वर्षा हुने सम्भावित भूभागको प्रतिशत जनाउँछन्।

एक–दुई स्थान: १० प्रतिशतभन्दा कम भूभाग

थोरै स्थान: १० देखि ३० प्रतिशत भूभाग

केही स्थान: ३० देखि ५० प्रतिशत भूभाग

धेरै स्थान: ५० देखि ८० प्रतिशत भूभाग

अधिकांश स्थान: ८० प्रतिशतभन्दा बढी भूभाग

यसको अर्थ ‘भारी वर्षा एक–दुई स्थानमा’ भनिँदा देशभर भारी पानी पर्ने होइन, सम्बन्धित भूभागको सानो हिस्सामा मात्र भारी वर्षाको सम्भावना रहेको बुझिन्छ।

मनसुनी गतिविधि सक्रिय हुँदै गएकाले भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो, डुबान तथा सडक यातायातमा अवरोध हुन सक्ने जोखिमप्रति सतर्क रहन आवश्यक देखिन्छ।

  • Jigyasanepal

थप