Breaking News
आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||    

आज दिउँसो र राति कहाँ–कहाँ पानी र हिमपात? काठमाडौंमा पनि वर्षाको सम्भावना

  •   ३ महिना अघि | ३ असार २०८३, बुधबार

काठमाडौं, असार ३ । नेपालमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा (ट्रफ), स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव कायम रहेकाले देशका विभिन्न भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने मधेस प्रदेशमा पनि बादल लागेको छ। कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली छ। यतिबेला कोशी, मधेस र बागमती प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।

दिउँसो यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा पनि वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ।

यस्तै, कोशी प्रदेशको तराईका केही स्थान तथा मधेस प्रदेशका एक–दुई स्थानमा पनि चट्याङसहित वर्षा हुन सक्नेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने तातो दिनको प्रभाव कायम रहने सम्भावना छ।

राति पनि जारी रहनेछ वर्षा

मौसमविद्का अनुसार रातिको समयमा कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थान तथा बागमती प्रदेशका हिमाली र पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जनसहित वर्षा हुन सक्छ। उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना पनि रहेको छ। कोशी प्रदेशको तराईका केही स्थानमा समेत वर्षाको अनुमान गरिएको छ।

काठमाडौं उपत्यकामा कस्तो मौसम?

मौसमविद् रोजन लामिछानेका अनुसार आज काठमाडौं उपत्यकामा अपराह्न वा साँझपख हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ।

“ठूलो वा लगातार वर्षाको सम्भावना छैन, तर खण्डित रूपमा विभिन्न स्थानमा हल्का वर्षा हुन सक्छ,” उनले बताएका छन्।

वर्षाको मापन कसरी गरिन्छ?

१० मिमि भन्दा कम : हल्का वर्षा

१०–५० मिमि : मध्यम वर्षा

५०–१०० मिमि : भारी वर्षा

१००–२०० मिमि : धेरै भारी वर्षा

२०० मिमि भन्दा बढी : अति भारी वर्षा

मौसमविद्को सुझाव

मेघगर्जन, चट्याङ, वर्षा तथा सम्भावित पहिरोका जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन मौसमविद्ले सर्वसाधारणलाई आग्रह गरेका छन्। विशेष गरी पहाडी तथा हिमाली क्षेत्रका बासिन्दा, यात्रु र किसानलाई मौसमको नियमित जानकारी लिएर मात्रै काम गर्न सुझाव दिइएको छ।

  • Jigyasanepal

थप