Breaking News
आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||    

काठमाडौँ उपत्यकामा आज पनि वर्षाको सम्भावना

  •   ५ महिना अघि | १७ बैशाख २०८३, बिहिबार

काठमाडौं । काठमाडौँ उपत्यकामा आज (बिहीबार) पनि वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार उपत्यकामा दिउँसो वा राति हल्कादेखि मध्यमसम्म वर्षा हुन सक्ने देखिएको हो।

मौसमविद् सरोज पुडासैनीका अनुसार बिहानैदेखि उपत्यकाको अधिकांश आकाश बादलले ढाकिएको छ। देशका विभिन्न स्थानमा अहिले पनि वर्षा भइरहेको उनले जानकारी दिए।

यसैबीच काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रममा गिरावट आएको छ। आज बिहान ५:४५ बजेको प्रारम्भिक मापनअनुसार न्यूनतम तापक्रम १५ डिग्री सेल्सियस रहेको छ, जुन हिजोको तुलनामा झन्डै २.५ डिग्रीले कम हो।

यद्यपि यो प्रारम्भिक मापन भएकाले वास्तविक न्यूनतम तापक्रम बिहान ८:४५ बजे सार्वजनिक गरिनेछ। सो समयमा तापक्रम अझ केही घट्न सक्ने वा यथावत् रहन सक्ने अनुमान गरिएको छ।

हिजो (बुधबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १७.४ डिग्री सेल्सियस मापन गरिएको थियो।

  • Jigyasanepal

थप