Breaking News
आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||    

ममता काफ्ले भट्ट प्रकरणमा नयाँ मोड : बेपत्ता भएको झन्डै दुई वर्षपछि आराबाट मानव कपाल फेला

  •   ४ महिना अघि | १६ जेष्ठ २०८३, शनिबार

काठमाडौं, जेठ १६ — अमेरिकाको भर्जिनिया राज्यस्थित मनासास पार्कबाट रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममता काफ्ले भट्ट प्रकरणमा झन्डै दुई वर्षपछि नयाँ फरेन्सिक प्रमाण फेला परेको छ। अनुसन्धानको क्रममा बरामद गरिएको एउटा आराबाट मानव कपाल र रौँका टुक्रा भेटिएपछि यो बहुचर्चित घटनाले नयाँ मोड लिएको छ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार सन् २०२४ को जुलाई–अगस्टतिर आफ्नै घरबाट बेपत्ता भएकी २८ वर्षीया ममताको खोजी तथा अनुसन्धानका क्रममा उक्त आराबाट तीनवटा मानव कपाल फेला परेका हुन्। फरेन्सिक अनुसन्धानकर्ताले ती कपाल ‘न्युक्लियर डीएनए परीक्षण’ का लागि उपयुक्त हुन सक्ने निष्कर्ष निकालेपछि थप परीक्षणका लागि सम्बन्धित प्रयोगशालामा पठाएका छन्।

भर्जिनियाको फरेन्सिक विज्ञान विभागका अनुसार बरामद नमुनाहरू हाल राज्यको सेन्ट्रल ल्याबोरेटरी मा विस्तृत डीएनए विश्लेषणको प्रक्रियामा छन्। अनुसन्धान अधिकारीहरूका अनुसार परीक्षणको नतिजाले घटनाको वास्तविकता उजागर गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ।

यसअघि नै ममताका श्रीमान् नरेश भट्ट विरुद्ध पत्नीको हत्या तथा शव लुकाएको अभियोग लगाइएको छ। उनी हाल हिरासतमा रहेका छन्। तर, घटनाको लामो समय बितिसक्दा पनि ममताको शव भने अझै फेला पर्न सकेको छैन।

नेपाली समुदायले चासोका साथ हेरिरहेको यस घटनामा नयाँ फरेन्सिक प्रमाण फेला परेसँगै सत्य तथ्य बाहिर आउने अपेक्षा बढेको छ। अनुसन्धानको अन्तिम निष्कर्षले ममता काफ्ले भट्टको बेपत्तासँग जोडिएको रहस्य खुल्ने विश्वास गरिएको छ।

शव नभेटिएको अवस्थामा समेत फरेन्सिक प्रमाणले अनुसन्धानलाई नयाँ दिशा दिएको यो प्रकरण अहिले अमेरिकाको नेपाली समुदायमात्र होइन, नेपालमै पनि व्यापक चासोको विषय बनेको छ।

  • Jigyasanepal

थप