Breaking News
आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||    

शारदा मावि पूर्व विद्यार्थी समाजमा तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति घोषणा

  •   ५ महिना अघि | २० बैशाख २०८३, आइतवार

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुनकोशी बाह्रबिसेस्थित  शारदा माध्यमिक विद्यालयको पूर्व विद्यार्थी समाजले नयाँ कार्यसमिति गठन गरेको छ। विद्यालयप्रति योगदान र समन्वयलाई थप सशक्त बनाउने उद्देश्यसहित आयोजित भेलाले २०८३/८४ देखि २०८६/८७ सम्मका लागि नयाँ नेतृत्व चयन गरेको हो।

भेलामा विभिन्न पुस्ताका पूर्व विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। विशेष उपस्थितिमा २०२५ सालका SLC उत्तीर्ण सुकदेव पराजुली, २०२६ सालका SLC उत्तीर्ण तथा पूर्व स्थानीय विकास मन्त्री अमृत बोहोरा, तथा २०७८ सालका SLC उत्तीर्ण सदस्य सुशन राउत सहभागी थिए। साथै विद्यालयका प्रधानाध्यापकद्वय उद्धव लाल श्रेष्ठ र यम बहादुर बस्नेत को उपस्थिति समेत उल्लेखनीय रह्यो।

त्यसैगरी वरिष्ठ समाजसेवी तथा राजनीतिज्ञहरू केदार क्षेत्री र रामेश्वर आचार्य लगायतको सहभागिताले कार्यक्रमलाई थप गरिमामय बनाएको थियो।

नयाँ कार्यसमिति (२०८३/८४–२०८६/८७)

भेलाले सर्वसम्मत रूपमा निम्न कार्यसमिति चयन गरेको छः

अध्यक्ष: नानीमायाँ थापा

उपाध्यक्ष: चन्द्रलाल श्रेष्ठ

कोषाध्यक्ष: विश्वास श्रेष्ठ

सह-कोषाध्यक्ष: सुनिता श्रेष्ठ

सचिव: माधव नेपाल

सह-सचिव: पवन जंग पाण्डे

सदस्यहरू:

ई. सुशन राउत, रामहरि वस्नेत, रामेश्वर आचार्य, सुरेश लाल शाक्य, सुशिला देवी कोइराला, देवी बुढाथोकी, ईन्द्र प्रसाद नेपाल, ईन्दिरा पौडेल, हिराबहादुर सापकोटा, यविन्द्र कुमार श्रेष्ठ, संचिता पौडेल, मैया श्रेष्ठ र शृष्टीना शाक्य चयन भएका छन्।

सल्लाहकार तथा पूर्व अध्यक्षहरू

संस्थापक अध्यक्ष केदार क्षेत्री सहित नरेश लाल श्रेष्ठ, भूपेन्द्र थापा र लिलाधर भण्डारीलाई सल्लाहकारको भूमिकामा राखिएको छ।

नवगठित समितिले आगामी तीन वर्षे कार्यकालमा विद्यालयको विकास, पूर्व विद्यार्थीबीच समन्वय तथा सामाजिक योगदानका कार्यक्रमलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

  • Jigyasanepal

थप