Breaking News
आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||    

काठमाडौँमा रातिदेखि वर्षा, दिउँसोपछि फेरि पानी पर्ने सम्भावना

  •   ४ महिना अघि | १२ जेष्ठ २०८३, मङ्लबार

काठमाडौँ । काठमाडौँ उपत्यकामा गएरातिदेखि नै मौसम बदली भई विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ। मंगलबार बिहानसम्म पनि उपत्यकाका केही क्षेत्रमा पानी परिरहेकाले मौसम चिसो र आकाश धुम्मिएको देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार बिहान ७ बजेसम्म काठमाडौँका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। अहिलेको वर्षा केही समयपछि रोकिने सम्भावना रहे पनि दिउँसोपछि पुनः बादल बढ्दै जाने र अपराह्न वा साँझपख फेरि हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।

महाशाखाका अनुसार आज दिनभर काठमाडौँ उपत्यकाको मौसम घाम–बादल र बादल–घामको मिश्रित अवस्थामा रहने सम्भावना छ। बिहानको मौसम खुलेजस्तो देखिए पनि दिउँसोपछि पुनः बदली बढ्ने भएकाले बाहिर निस्कँदा सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।

पछिल्ला केही दिनदेखि पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। यसकै प्रभावले काठमाडौँ उपत्यकामा पनि मौसम परिवर्तन भइरहेकाे मौसमविद्को भनाइ छ।

मौसम पूर्वानुमान महाशाखाले बिहान ८ बजे देशभरको विस्तृत मौसम बुलेटिन सार्वजनिक गर्ने जनाएको छ। मौसमविद्हरूले विशेषगरी अपराह्नपछि हुने सम्भावित वर्षा र चट्याङबाट सावधानी अपनाउन आग्रह गरेका छन्।

  • Jigyasanepal

थप