Breaking News
हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज ३५ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा पनि बहाव बढ्ने    ||     छ प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

आज दिउँसो भारी, राति झन् ठूलो वर्षा : यी क्षेत्रमा उच्च जोखिम

  •   १ महिना अघि | २५ साउन २०८३, सोमवार

काठमाडौं । देशका विभिन्न स्थानमा आज भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार दिउँसो केही क्षेत्रमा भारी वर्षा हुने र राति धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ।

दिउँसोको मौसम

आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

पहाडी भूभागका धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ। काठमाडौंमा बिहानैदेखि वर्षा भइरहेको छ।

कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ।

यस्तै कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।

राति झन् बढ्ने वर्षाको जोखिम

राति पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ।

देशका पहाडी भूभागका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

मधेस र कोसी प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि मध्यम वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ।

विशेषगरी कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा राति धेरै भारी वर्षा हुन सक्ने सम्भावना छ। त्यसैगरी कर्णाली प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा भारी र एक–दुई स्थानमा धेरै भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

⚠️ सतर्कता आवश्यक

भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले स्थानीय बासिन्दा तथा यात्रुले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिन्छ। विशेषगरी नदी–खोला आसपास र पहिरोको जोखिम भएका सडकमा यात्रा गर्दा सावधानी अपनाउनु उचित हुनेछ।

  • Jigyasanepal

थप