काठमाडौं, वैशाख ४ । आज वैशाख कृष्ण औँसी। नेपाली समाजमा आमाप्रतिको सम्मान, माया र कृतज्ञता व्यक्त गर्ने विशेष दिन—‘आमाको मुख हेर्ने पर्व’—देशभर श्रद्धा र भक्तिसाथ मनाइँदैछ।
बिहानै स्नान गरी छोराछोरीले आफ्नी आमालाई नयाँ लुगा लगाइदिने, मीठा–तागतिला परिकार खुवाउने र आशिर्वाद थाप्ने चलनले आजको दिनलाई अझ विशेष बनाएको छ। परिवारभित्रको माया, सम्मान र संस्कारको सुन्दर प्रतीकका रूपमा यो पर्व स्थापित छ।
🕉️ शास्त्रले पनि आमालाई सर्वोच्च स्थान
वैदिक सनातन धर्मग्रन्थमा आमालाई अत्यन्त उच्च स्थान दिइएको छ। धर्मशास्त्रविद् देवमणि भट्टराई का अनुसार—
👉 “जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी”
अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् मानिन्छन्।
शास्त्रमा उपाध्याय, आचार्य र पिताभन्दा पनि आमा ठूली मानिएको उल्लेख छ। सन्तानलाई नौ महिनासम्म गर्भमा राखी जीवन दिने भएकाले आमाको महत्व हजारौँ गुणा बढी भएको मान्यता रहेको छ।
🕯️ दिवङ्गत आमाको सम्झनामा श्राद्ध र तर्पण
आमा जीवित नभएकाहरूका लागि पनि आजको दिन उत्तिकै भावनात्मक हुन्छ।
तर्पण,
पिण्डदान,
सिदादान
गरी दिवङ्गत आमालाई सम्झने परम्परा छ।
शास्त्रीय विश्वासअनुसार यस दिन गरिने श्रद्धा र कर्मले आमाको आत्मा प्रसन्न भई सन्तानलाई आशिष् दिने विश्वास गरिन्छ।
🎉 मातातीर्थमा मेला, भक्तजनको भीड
यस अवसरमा मातातीर्थ मा विशेष मेला लाग्ने गर्दछ।
नगरप्रमुख घनश्याम गिरीका अनुसार मेलाको सम्पूर्ण तयारी पूरा भइसकेको छ र आज दिनभर भक्तजनको उल्लेख्य भीड लाग्ने अपेक्षा गरिएको छ।
-
Jigyasanepal