Breaking News
आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||    

पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा गर्मी कायमै

  •   ३ महिना अघि | २३ जेष्ठ २०८३, शनिबार

काठमाडौं, जेठ २३ । देशका हिमाली तथा पहाडी भू–भागमा आज वर्षा तथा हिमपातको सम्भावना रहेको छ भने तराईका केही क्षेत्रमा तातो दिनको अवस्था कायमै रहने मौसमविद्ले बताएका छन्।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, लुम्बिनी र कर्णाली प्रदेशसहित हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

तराई क्षेत्रका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। यद्यपि मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा तातो दिनको अवस्था कायम रहने अनुमान गरिएको छ।

महाशाखाका अनुसार रातिको समयमा कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भू–भागमा सामान्य बदली रहनेछ। मधेश प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

त्यसैगरी, कोशी प्रदेशसहित हिमाली क्षेत्रका थोरै स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसमविद्हरूले मेघगर्जन, चट्याङ, वर्षा तथा उच्च तापक्रमको सम्भावनालाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्। देशका विभिन्न भागमा मनसुनी गतिविधि अझै पूर्ण रूपमा सक्रिय नभए पनि स्थानीय तथा पश्चिमी प्रणालीको प्रभावका कारण मौसममा आंशिक परिवर्तन देखिएको जनाइएको छ।

  • Jigyasanepal

थप