Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

नेपालतर्फ नजिकिँदै मनसुनको न्यूनचापीय रेखा, वर्षा थप सक्रिय हुने संकेत

  •   २ महिना अघि | २५ असार २०८३, बिहिबार

काठमाडौं। देशभर मनसुनी गतिविधि अझ सक्रिय हुने संकेत देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा (Monsoon Trough) बिस्तारै नेपालतर्फ सर्दै आएकाले आगामी दिनमा वर्षाको मात्रा र व्यापकता बढ्ने सम्भावना रहेको छ।

महाशाखाले बिहीबार बिहान सार्वजनिक गरेको मौसम बुलेटिनअनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ भने मनसुनको न्यूनचापीय रेखा अहिले आफ्नो औसत अवस्थाभन्दा केही उत्तरतर्फ रहेको छ।

महाशाखाले आगामी केही दिनमा उक्त प्रणाली क्रमशः नेपाल नजिकिँदै जाने प्रक्षेपण गरेको छ। यससँगै मनसुन थप सक्रिय भई देशका विभिन्न भूभागमा हल्कादेखि भारी वर्षासम्म हुन सक्ने सम्भावना औँल्याइएको छ।

मौसमविद्का अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालतर्फ सर्दै आउनु वर्षा गराउने प्रणाली बलियो बन्दै जानुको संकेत हो। यसको प्रभावले विशेषगरी पहाडी तथा तराईका विभिन्न क्षेत्रमा निरन्तर वर्षा, नदी तथा खोलामा बहाव वृद्धि, बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

महाशाखाले मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा पछ्याउन तथा सम्भावित विपद्को जोखिमलाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ।

  • Jigyasanepal

थप