Breaking News
आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||    

भारतमा मनसुन चाँडै भित्रिने संकेत, नेपालमा पनि समयअघि नै बर्खा सुरु हुने सम्भावना

  •   ४ महिना अघि | २ जेष्ठ २०८३, शनिबार

काठमाडौं, जेठ २ — भारतमा यस वर्ष मनसुन औसत समयभन्दा करिब ६ दिनअघि नै प्रवेश गर्ने संकेत देखिएपछि नेपालमा पनि मनसुन चाँडै भित्रिन सक्ने अनुमान गरिएको छ। भारतको मौसम विज्ञान विभाग (आईएमडी) ले सार्वजनिक गरेको पछिल्लो प्रक्षेपणअनुसार यसपटक मनसुन मे २२ देखि मे ३० भित्र भारतको केरला राज्यमा प्रवेश गर्ने सम्भावना रहेको छ। सामान्यतया भारतमा मनसुन प्रवेश गर्ने औसत मिति जुन १ मानिन्छ।

भारतीय मौसम विभागले जारी गरेको विज्ञप्तिमा यस वर्ष दक्षिण–पश्चिम मनसुन निर्धारित समयभन्दा छिट्टै सक्रिय हुने संकेत देखिएको उल्लेख छ। भारतमा मनसुन छिट्टै भित्रिएसँगै नेपालमा पनि यसको प्रभाव समयभन्दा अघि देखिन सक्ने मौसमविद्हरूको भनाइ छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार भारतमा मनसुन प्रवेश गरेको करिब १२–१३ दिनपछि नेपालमा मनसुन भित्रिने औसत प्रवृत्ति छ।

उनले भने, “भारतमा मनसुन प्रवेश गर्ने औसत मिति जुन १ हो भने नेपालमा जुन १३ तारिख हो। त्यसैले भारतमा चाँडै मनसुन आयो भने नेपालमा पनि केही दिन अगाडि नै भित्रिन सक्ने सम्भावना हुन्छ।”

यद्यपि नेपालमा मनसुन कहिले भित्रिने भन्नेबारे अहिले नै ठोस मिति तोक्न नसकिने मौसमविद्हरू बताउँछन्। मनसुनको गति, समुद्री प्रणाली, वायुमण्डलीय अवस्था र तापक्रमीय प्रभावका आधारमा अन्तिम निष्कर्ष निकालिने भएकाले अध्ययन र अनुगमन जारी रहेको विभागले जनाएको छ।

गत वर्षभन्दा फरक संकेत

गत वर्ष नेपालमा मनसुन औसत समयभन्दा १५ दिनअघि अर्थात् मे २९ मै भित्रिएको थियो। सामान्यतया नेपालबाट मनसुन अक्टोबर २ मा बाहिरिने मानिन्छ तर गत वर्ष भने अक्टोबर १० सम्म सक्रिय रहेको थियो।

नेपालमा मनसुनलाई मुख्य बर्खायाम मानिन्छ, जुन जुनदेखि सेप्टेम्बरसम्म चार महिना सक्रिय रहन्छ। त्यसपछि पोस्ट–मनसुन, हिउँद र प्रि–मनसुन गरी मौसमलाई चार भागमा विभाजन गरिएको छ। अहिले देशभर प्रि–मनसुनको अवस्था कायम छ।

यस वर्ष वर्षा कम, गर्मी बढी हुने अनुमान

जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरेको छ। विभागको जलवायु विज्ञान महाशाखाले सार्वजनिक गरेको मौसमी आँकलनअनुसार विशेषगरी कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश क्षेत्र, मधेस प्रदेशका पूर्वी भाग तथा कोशी प्रदेशका दक्षिणी क्षेत्रमा कम वर्षाको सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म रहेको छ।

यता सुदूरपश्चिम प्रदेशका अधिकांश भूभाग, मधेसका पश्चिमी क्षेत्र र कोशी प्रदेशका मध्य भूभागमा भने केही बढी वर्षाको सम्भावना देखिएको छ।

विभागले यस वर्ष अधिकतम तथा न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी रहने प्रक्षेपण गरेको छ। अर्थात् गर्मीको प्रभाव अझ तीव्र हुने संकेत देखिएको छ।

विशेषगरी सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, मधेस, बागमती र कोशी प्रदेशका विभिन्न भूभागमा अत्यधिक गर्मी बढ्ने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।

किन महत्वपूर्ण छ यस वर्षको मनसुन?

नेपाल कृषि प्रधान देश भएकाले मनसुनको समय र वर्षाको मात्रा प्रत्यक्ष रूपमा खेतीपाती, जलस्रोत, ऊर्जा उत्पादन र जनजीवनसँग जोडिएको हुन्छ। समयमा मनसुन नआए खेती प्रभावित हुने, कम वर्षा हुँदा खडेरी र बढी वर्षा हुँदा बाढी–पहिरोको जोखिम बढ्ने भएकाले मौसमको पूर्वानुमानलाई विशेष चासोका साथ हेरिन्छ।

यस वर्ष कम वर्षा र बढी गर्मीको सम्भावना देखिएपछि कृषि उत्पादन, खानेपानीको उपलब्धता तथा वन डढेलोको जोखिमसमेत बढ्न सक्ने विज्ञहरूको चेतावनी छ।

मौसम विभागले विश्व मौसम संगठन, दक्षिण एसियाली मौसमी फोरम, समुद्री तापक्रम, एल निनो–ला निना प्रणाली (ईएनएसओ) तथा हिन्द महासागरको डाइपोल (आईओडी) लगायतका अन्तर्राष्ट्रिय जलवायु सूचकहरूको विश्लेषणका आधारमा यो प्रक्षेपण तयार गरेको जनाएको छ।

  • Jigyasanepal

थप