Breaking News
आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||    

संखुवासभामा १६९ मिमि वर्षा, बाढी–पहिरोको उच्च जोखिम

  •   ४ महिना अघि | १० जेष्ठ २०८३, आइतवार

काठमाडौं । पछिल्लो २४ घण्टामा देशकै सबैभन्दा बढी वर्षा संखुवासभामा मापन भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार संखुवासभामा १६९ मिलिमिटर वर्षा भएको हो, जसले बाढी र पहिरोको जोखिम अत्यधिक बढाएको छ।

मौसमविद्का अनुसार १०० मिलिमिटरभन्दा बढी वर्षा भएपछि बाढी, पहिरो र डुबानको खतरा उच्च हुने भएकाले स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ। संखुवासभामा एक घण्टामै १५ दशमलव ६ मिलिमिटर, तीन घण्टामा ७१ दशमलव ४, छ घण्टामा ८५ र १२ घण्टामा १३९ मिलिमिटर वर्षा मापन गरिएको छ। छोटो अवधिमा भएको यो अत्यधिक वर्षाले नदी, खोलामा बहाव बढ्नुका साथै पहाडी क्षेत्रमा पहिरोको जोखिम थपिएको मौसमविद्ले बताएका छन्।

यस्तै पछिल्लो २४ घण्टामा धादिङ र चितवनमा पनि ४३/४३ मिलिमिटर वर्षा भएको छ। गएराति मकवानपुर, रौतहट, सिन्धुली र संखुवासभाका विभिन्न क्षेत्रमा लगातार पानी परेको थियो।

हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक सक्रिय न्यूनचापीय प्रणालीको प्रभाव रहेको मौसम महाशाखाले जनाएको छ। यही प्रणालीका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा भइरहेको छ।

मौसमविद्ले विशेषगरी नदी किनार, पहिरोको जोखिमयुक्त बस्ती तथा पहाडी क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेका छन्। अत्यधिक वर्षाका कारण सडक अवरुद्ध, खेतीयोग्य जमिनमा क्षति तथा जनजीवन प्रभावित हुन सक्ने चेतावनीसमेत दिइएको छ।

  • Jigyasanepal

थप