Breaking News
आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||    

भीषण सडक दुर्घटना : टिपरको ठक्करबाट बाबुछोराको मृत्यु, आमा गम्भीर घाइते

  •   ४ महिना अघि | १८ जेष्ठ २०८३, सोमवार

दाङ, जेठ १८ — दाङको तुलसीपुरमा सोमबार बिहान भएको दर्दनाक सडक दुर्घटनामा बाबुछोराको ज्यान गएको छ भने आमा गम्भीर घाइते भएकी छन्।

तुलसीपुर उपमहानगरपालिका अन्तर्गत गुल्म चोकमा बिहान करिब ६ बजे रा.१ ख २१९२ नम्बरको टिपरले विपरीत दिशाबाट आइरहेको रा.४ प ३३९० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा लमही नगरपालिका–५ निवासी ३५ वर्षीय मनोज नेपाली र उनका ५ वर्षीय छोरा मीनराज नेपाली गम्भीर घाइते भएका थिए।

घटनापछि तत्काल उद्धार गरी शिक्षण अस्पताल कोहलपुर लगिए पनि उपचारकै क्रममा बाबुछोराको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

दुर्घटनामा मनोजकी श्रीमती ३४ वर्षीया अमृता नेपाली गम्भीर घाइते भएकी छन्। उनको शिक्षण अस्पताल कोहलपुरमै सघन उपचार भइरहेको छ।

प्रहरी नायब उपरीक्षक होमराज पराजुलीका अनुसार दुर्घटनामा संलग्न टिपर र चालकलाई नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

एकै परिवारमाथि आइपरेको यो दुर्घटनाले स्थानीय समुदायलाई स्तब्ध बनाएको छ। बाबुछोराको असामयिक निधनले परिवार शोकमा डुबेको छ भने घाइते आमाको स्वास्थ्य अवस्थाबारे चिन्ता व्यक्त गरिएको छ।

  • Jigyasanepal

थप