Breaking News
आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||    

आगलागिमा घरमै जलेर २ जनाको मृत्यु, १ घाइते

  •   ५ महिना अघि | ८ बैशाख २०८३, मङ्लबार

उदयपुर, वैशाख ८ ।

उदयपुरमा मध्यराति भएको भीषण आगलागीमा दुई जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन्। विद्युत् सर्ट भएर सुरु भएको आगोले घर नै जलेर नष्ट हुँदा घटना हृदयविदारक बनेको हो।

घटना चौदण्डीगढी नगरपालिका–७ बेल्टार स्थित शान्तिचोकमा भएको हो। जिल्ला प्रहरीका अनुसार ७० वर्षीय लक्ष्मीनारायण खड्का र ३० वर्षीय पवन खड्काको आगलागीमा जलेर मृत्यु भएको छ।

⚠️ सुतिरहेको अवस्थामा आगो, ज्यान जोगाउन पाएनन्

प्रहरीका अनुसार राति सुतिरहेको बेला घरमा विद्युत् तार सर्ट भई आगलागी सुरु भएको थियो। आगो तीव्र गतिमा फैलिँदा घरभित्र रहेका दुवै जनाले ज्यान जोगाउन सकेनन्।

🏠 तीन घर पूर्ण रूपमा नष्ट

आगलागीबाट लक्ष्मीनारायण खड्कासहित रबिनकुमार दास र सकलदेवका घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

🚑 एक घाइते, अस्पतालमा उपचार

घटनामा अस्मिता खड्का घाइते भएकी छन्। उनको नगर अस्पताल बेल्टार मा उपचार भइरहेको छ।

🚒 बिहान नियन्त्रणमा आयो आगो

आगो नियन्त्रणका लागि त्रियुगा नगरपालिका र चौदण्डीगढी नगरपालिका का दमकल, स्थानीय बासिन्दा तथा प्रहरी परिचालन भएका थिए। मंगलबार बिहान मात्रै आगो पूर्ण रूपमा नियन्त्रणमा आएको हो।

  • Jigyasanepal

थप