Breaking News
आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||    

डेढ महिनादेखि बेपत्ता सशस्त्र प्रहरी र युवतीको पाँचखालको जंगलमा झुण्डिएको अवस्थामा कंकाल भेटियो !

  •   ४ महिना अघि | २० जेष्ठ २०८३, बुधबार

काभ्रे, जेठ २०  काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–३ स्थित ठुली सामुदायिक वनमा डेढ महिनादेखि बेपत्ता रहेका एक सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) र एक युवतीको शव झुण्डिएको अवस्थामा फेला परेको छ। दुवैको शव सडेगलेर कंकालमा परिणत भइसकेको अवस्थामा भेटिएपछि घटनाले थप रहस्य उत्पन्न गरेको छ।

प्राप्त जानकारी अनुसार सशस्त्र प्रहरी बल नेपाल नं. १५ गण हेडक्वाटर काभ्रेमा कार्यरत तथा पर्साको बहुदरमाई नगरपालिका–८ रामनगरी घर भएका सशस्त्र प्रहरी सहायक निरीक्षक शक्ति राम मिति २०८३ वैशाख १९ गतेदेखि लागू हुने गरी दुई दिनको बिदामा घर जाने भन्दै कार्यालयबाट निस्किएका थिए। तर उनी घर नपुगेपछि तथा कार्यालयसँग समेत सम्पर्कविहीन भएपछि गण हेडक्वाटरले वैशाख २१ गते खोजतलासका लागि पत्राचार गरेको थियो।

त्यसैगरी कैलालीको घोडाघोडी नगरपालिका–१ निवासी २६ वर्षीया शर्मिला चौधरी वैशाख १८ गते शक्ति रामलाई भेट्न काभ्रे जाने भन्दै घरबाट निस्किएकी थिइन्। त्यसपछि उनी पनि सम्पर्कविहीन बनेपछि उनका भाइ रन्जित चौधरीले वैशाख २५ गते प्रहरी वृत्त बालाजुमा खोजतलासका लागि निवेदन दिएका थिए।

प्रहरीले मोबाइल लोकेशन, कल डिटेल रेकर्ड (सीडीआर), बैंक कारोबार तथा अन्य प्रविधिको प्रयोग गरी खोजी कार्य अघि बढाएको थियो। अनुसन्धानका क्रममा शर्मिलाको मोबाइलको अन्तिम लोकेशन काभ्रेपलाञ्चोक क्षेत्रमा देखिएपछि जिल्ला प्रहरी कार्यालय काभ्रेले दुवैको संयुक्त खोजी अभियान सञ्चालन गरेको थियो।

खोजतलासकै क्रममा जेठ २० गते बिहान करिब १०:३० बजे पाँचखाल नगरपालिका–३ स्थित ठुली सामुदायिक वनभित्र मौवाका दुई छुट्टाछुट्टै रुखमा सलको पासो प्रयोग गरी झुण्डिएको अवस्थामा महिला र पुरुषको जस्तो देखिने दुई कंकाल फेला परेका थिए। घटनाको जानकारी पाएपछि प्रहरी चौकी पाँचखाल र जिल्ला प्रहरी कार्यालय काभ्रेको टोली घटनास्थल पुगेको थियो।

प्रहरीले घटनास्थलबाट बरामद भएका कपडा, व्यक्तिगत सामग्री तथा अन्य कागजातको आधारमा आफन्त र साथीभाइसँग सनाखत गर्दा मृतकहरू सशस्त्र प्रहरी सहायक निरीक्षक शक्ति राम र उनकी साथी भनिएकी शर्मिला चौधरी रहेको खुलेको जनाएको छ।

दुवै शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि धुलिखेल अस्पतालमा राखिएको छ। घटनाको वास्तविक कारण खुल्न बाँकी रहेकाले प्रहरीले मृत्युको प्रकृति, सम्भावित कारण तथा अन्य पक्षबारे गहन अनुसन्धान जारी राखेको जनाएको छ।

लामो समयदेखि बेपत्ता रहेका दुई व्यक्तिको शव जंगलमा झुण्डिएको अवस्थामा फेला परेपछि घटनाले स्थानीय क्षेत्रमा सनसनी फैलाएको छ।

  • Jigyasanepal

थप