Breaking News
आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||    

वर्षा रोकिँदै, तराई–मधेश फेरि तात्ने संकेत : आगामी एक साता गर्मी बढ्ने पूर्वानुमान

  •   ४ महिना अघि | १९ जेष्ठ २०८३, मङ्लबार

काठमाडौं, जेठ १९ — केही दिनको वर्षापछि देशभर शीतलता महसुस गरेका नागरिकले अब पुनः बढ्दो गर्मीको सामना गर्नुपर्ने भएको छ। मौसमविद्हरूका अनुसार वर्षा गराउने प्रणाली कमजोर बन्दै गएकाले आगामी एक सातासम्म तापक्रम क्रमशः बढ्ने र विशेषगरी तराई–मधेश क्षेत्र बढी प्रभावित हुने देखिएको छ।

मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार नेपालमा मनसुन भित्रिन अझै केही दिन लाग्ने भएकाले हाल तत्काल ठूलो वर्षाको सम्भावना छैन। पश्चिमी वायुको प्रभाव पनि कमजोर हुँदै गएकाले अब मौसम क्रमशः खुल्ने र तापक्रम बढ्दै जाने अवस्था बनेको छ।

उनका अनुसार तराई–मधेशका जिल्लाहरूमा आजदेखि नै तातो दिन सुरु हुने संकेत देखिएको छ। पछिल्ला केही दिन विभिन्न मौसमी प्रणालीका कारण देशका धेरै स्थानमा वर्षा हुँदा तापक्रम घटेको र मौसम केही शीतल बनेको थियो। तर अब वर्षा घटेसँगै गर्मी पुनः बढ्ने निश्चितजस्तै भएको छ।

जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार जेठ १९ गते मधेश प्रदेश तथा कोशी प्रदेशका तराई क्षेत्रहरूमा तातो दिन हुने सम्भावना रहेको छ। विभागले सोमबार साँझ सार्वजनिक गरेको मौसम बुलेटिनमा मधेश प्रदेशसँगै कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा अत्यधिक गर्मी महसुस हुन सक्ने उल्लेख गरेको छ।

मौसमविद्हरूका अनुसार पछिल्ला तीन दिनमा देशको अधिकतम तापक्रम ३७ डिग्री सेल्सियसभन्दा माथि पुगेको थिएन। तर वर्षा कम भएसँगै अब तापक्रम फेरि उकालो लाग्ने र केही स्थानमा तातो लहरको अवस्था समेत विकसित हुन सक्ने सम्भावना छ।

यसबीच भारतको केरला क्षेत्रमा मनसुनी बादल प्रवेश गरिसकेको भए पनि बादलको घनत्व र गति कमजोर रहेकाले त्यो प्रणाली नेपाल आइपुग्न अझै केही दिन लाग्ने अनुमान गरिएको छ। प्रारम्भिक मनसुन पनि कमजोर रहने सम्भावना रहेको मौसमविद्हरूको भनाइ छ।

स्वास्थ्य विज्ञहरूले बढ्दो गर्मीका बेला पर्याप्त पानी पिउन, अत्यधिक घाममा लामो समय नबस्न, हल्का कपडा लगाउन तथा बालबालिका, ज्येष्ठ नागरिक र दीर्घरोगीको विशेष हेरचाह गर्न सुझाव दिएका छन्।

वर्षाले दिएको क्षणिक राहतपछि देशका तराई–मधेश क्षेत्र पुनः प्रचण्ड गर्मीको चपेटामा पर्ने संकेत देखिएको छ। मनसुन भित्रिनुअघि आगामी केही दिन नागरिकले उच्च तापक्रमको सामना गर्नुपर्ने अवस्था देखिएको छ।

  • Jigyasanepal

थप