Breaking News
हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज ३५ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा पनि बहाव बढ्ने    ||     छ प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

अविरल वर्षापछि मुग्लिन–नारायणगढ सडक पूर्ण रूपमा बन्द, पहिरोको जोखिम बढेपछि सवारी आवागमन रोक

  •   २ महिना अघि | ३० असार २०८३, मङ्लबार

चितवन। लगातारको वर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्डका विभिन्न स्थानमा पहिरो र लेदो खस्न थालेपछि सडकमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ। यात्रुको सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सूचना जारी नभएसम्म सबै प्रकारका सवारीसाधन सञ्चालन स्थगित गरेको हो।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार आइतबार साँझदेखि विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध बनेको थियो। त्यसबेला अलपत्र परेका यात्रु र सवारीसाधनलाई पहिरो पन्छाएर सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको थियो।

तर सोमबार पनि वर्षा नरोकिएकाले पहिरोको जोखिम थप बढेको भन्दै जिल्ला विपद् व्यवस्थापन समितिको आपतकालीन बैठकले सडकमा सवारी सञ्चालन रोक्ने निर्णय गरेको हो।

हाल जलबिरे क्षेत्रनजिक पहिरो खसेको छ भने सडक खुलाउन आवश्यक उपकरण र मेसिन परिचालन गरिसकिएको सडक डिभिजन कार्यालयले जनाएको छ। यद्यपि निरन्तर वर्षा भइरहेकाले पहिरो पुनः खस्ने जोखिम कायम रहेको बताइएको छ।

प्रशासनले अत्यावश्यक कामबाहेक उक्त सडकखण्ड प्रयोग नगर्न तथा वैकल्पिक मार्ग अपनाउन सर्वसाधारण र यातायात व्यवसायीलाई आग्रह गरेको छ।

मौसमविद्हरूले पनि देशका विभिन्न भागमा अझै केही दिन भारी वर्षाको सम्भावना रहेकाले पहिरो, बाढी र डुबानको जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्।

  • Jigyasanepal

थप