काठमाडौँ, चैत २४ — वैदेशिक रोजगार विभाग ले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि नयाँ अनिवार्य कागजात सम्बन्धी कडाइ लागू गर्ने घोषणा गरेको छ।
विभागले सोमबार जारी गरेको विज्ञप्तिअनुसार चैत २९ गतेदेखि विदेश प्रस्थान गर्ने सबै श्रमिकले थप कागजात अनिवार्य रूपमा साथमा राख्नुपर्ने व्यवस्था गरिएको हो।
📄 के–के कागजात अनिवार्य ?
अब विदेश जाँदा श्रमिकले यी कागजात अनिवार्य रूपमा बोकेर हिँड्नुपर्नेछ:
✔ ✈️ गन्तव्य मुलुकसम्मको हवाई टिकट
✔ 🧾 टिकटको बिल/रसिद (संस्थागत वा व्यक्तिगत दुवैका लागि अनिवार्य)
✔ 🏢 म्यानपावर कम्पनीमार्फत गएको भए सेवा शुल्कको आधिकारिक रसिद
⚠️ म्यानपावर कम्पनीलाई पनि निर्देशन
वैदेशिक रोजगार विभाग ले इजाजतपत्र प्राप्त म्यानपावर कम्पनीहरूलाई पनि स्पष्ट निर्देशन दिएको छ:
👉 श्रमिकबाट लिइएको सेवा शुल्कको भौचर/रसिद/भरपाइ अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने
🎯 किन ल्याइयो यस्तो व्यवस्था ?
यो निर्णयको मुख्य उद्देश्य:
✔ श्रमिक ठगी नियन्त्रण
✔ पारदर्शिता कायम
✔ वैदेशिक रोजगार प्रक्रियालाई व्यवस्थित बनाउने
✔ श्रमिकको अधिकार सुनिश्चित गर्ने
-
Jigyasanepal